३ असार, काठमाडौं । बागमती प्रदेशमा चितवनका ८ सहित थप १९ कोरोना संक्रमितको मृत्यु भएको छ ।
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार चितवनका ६६, ५५, ५६, २८, ८३, र ४५ वर्षीय ६ पुरुष र ८३ वर्षीया महिला तथा १५ वर्षीया बालिका गरी ८ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
त्यस्तै काभ्रेपलान्चोकमा ८५ वर्षीय पुरुष तथा ४२ र ७७ वर्षीय २ महिला गरी ३ जना, काठमाडौंमा ७० वर्षीय पुरुष र ६० वर्षीया महिला गरी २ जना र ललितपुर, धादिङ, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट र भक्तपुरमा १/१ जना गरी प्रदेशभरी १९ जनाको मृत्यु भएको हो ।
बुधबार प्रदेशमा पिसीआर प्रविधिबाट गरिएको ४६६४ पिसीआर नमुना परीक्षणमा ८९१ जना र ऐन्टिजेन बिधिबार गरिएको १६४६ नमुना परीक्षणबाट ३७६ जना गरी जम्मा १२६७ जना नयाँ संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार बुधबार काठमाडौं, धादिङ र भक्तपुरमा सबैभन्दा बढी संक्रमित देखिएका हुन् ।
त्यसैगरी प्रदेशको विभिन्न अस्पतालहरुको आइसीयुमा ३६३ जना र भेन्टिलेटरमा १७० जनाको उपचार भइरहेको छ ।
प्रदेशमा हालसम्म ३ लाख २९ हजार ७०७ जना कोरोना संक्रमित भएका छन् । सोहि अवधिमा ३ लाख १० हजार ५६२ जना निको भइसकेका छन् भने १६,२२७ जना उपचाररत छन् ।
बागमती प्रदेशमा हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३५६२ पुगेको छ ।
वि.सं.२०७८ असार ३ बिहीवार ०९:४३ मा प्रकाशित






























