३ असार, काठमाडौँ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ११ गतेबाट साधारण सेयरआईपीओ जारी गर्ने भएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित दरका १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
कुल आईपीओको कित्तामध्ये ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ । बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणले पाउनेछन् ।
इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा असार १५ गते हुनेछ भने ढिलोमा असार २५ गते हुनेछ । कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल छ ।
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरोशेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिनेछ।
वि.सं.२०७८ असार ३ बिहीवार १०:३० मा प्रकाशित