back
CTIZAN AD

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, यस्ता छन् बैठकका एजेण्डा

वि.सं.२०७८ असार ३ बिहीवार

690 

shares

असार ३, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । बैठक पार्टी कार्यालय सानेपामा दिउँसो २ बजेदेखि बस्ने तय भएको जनाइएको छ ।

यसअघि पार्टी केन्द्रीय कार्यालयले सूचना जारी गरी सबै केन्द्रीय सदस्यहरुलाई बैठकमा सहभागी हुन आग्रह गरेको थियो।

यस्ता छन् बैठकका एजेण्डा

कांग्रेस केन्द्रीय समिति सदस्य डा. डिला संग्रौलाका अनुसार पछिल्लो राजनीतिक घटनाक्रम र महाधिवेशनबारे छलफल गर्न बैठक बोलाइएको हो ।

बैठकले महाधिवेशनको समय तालिका परिवर्तन गर्ने बताइएको छ।

यसअघि गत शनिबार बसेको पार्टीका पदाधिकारीको बैठकले आसन्न १४औं महाधिवेशनको मिति सार्ने निर्णय गरेको थियो। यसअघि भदौ ७ देखि १० सम्मका लागि तोकिएको महाधिवेशन भदौ १६ गतेबाट सुरु गर्ने निर्णय पदाधिकारी बैठकले गरेको थियो।

नेतृ संग्रौलाका अनुसार बैठकमा बाढी पहिरोले भएको धनजनको क्षति र राहतको विषयमा पनि छलफल हुनेछ ।

वि.सं.२०७८ असार ३ बिहीवार १२:३८ मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...