back
CTIZAN AD

कमरेड नेपाल, ‘ह्यान्डील विथ केयर प्लीज’

वि.सं.२०७८ असार ३ बिहीवार

897 

shares

देशकै सबैभन्दा व्यवस्थीत र अनुशासित मानीएको पार्टी नेकपा एमाले अहिले सवैभन्दा सकसपुर्ण अवस्था बाट गुज्रिएको छ । एमाले भिरको डिलतर्फ अगाडि वढिरहेको छ । आम सुभेच्छुक, कार्यकर्ता जनताले भिरबाट खस्नै लागेको एमालेलाई टुलुटुलु हेर्न विवश छन् । तर पार्टीका जिम्मेवार नेतालाई भने यो दुर्दशाले पटक्कै छोए जस्तो देखिदैन ।

खासगरी सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि पार्टीले जुन गतिलिनु पर्ने हो त्यो गतिभन्दा फरक र विपरीततातर्फ पार्टी लागेको देखिएको छ । यसको जिम्मेवारी सबै तहका नेता कार्यकर्ताको टाउकोमा तत्तत् हिसाबले लाग्छ । तर यो फण्डाको मुल भने वरीष्ठ नेता माधव नेपाल र उनको निकृष्ट दाउपेचमा पुगेर जोडिएको देखिन्छ । फागुन २३ पछि पेरिस डाँडा, अर्याल होटल हुँदै विभिन्न पार्टी प्यालेसको यात्रा तय गर्न छोडेर नेपालले धुम्वाराहीको यात्रा गर्नु पर्ने थियो । तर यसको विपरीत उनले विपरीत यात्राको दायारा घटाउनुको साटो खुमलटार र बुढानिलकण्ठसम्म विस्तार गरेर आमएमाले कार्यकर्ताको मुटुमा किला ठोक्ने काम गरे ।

आज सबै कार्यकर्ता, सुभेच्छुुक सहितआम नेपालीलाई लागेको छ नेकपा एमाले तिनवर्ष अँगाडीको जस्तै शक्तिशाली बनोस् । माधव नेपाल सहितका नेताहरु एमाले बलियो बनाउन लागुन् । तर यस्तो भइरहेको छैन । नेता नेपालले आमकार्यकर्ताको यो आशालाई गुमाइएको अवसरमा रुपान्तरण गरेका छन । फागुन २३ पछिको यात्रालाई पेरीसडाँडा, बुढानिलकण्ठ तिर दौडाउनु भन्दा धुम्वाराही, थापाथली, वालुवाटार कुँदाउनु नेपाल र एमाले दुबैलाई हितग्राहि थियो ।
तर माधव नेपालले यो अवसर गुमाएका छन् । यो अवसरबाट नेपाललाई बञ्चित गर्ने फ्याक्टर के होला ? नेकपा एमालेको सर्वोत्तम सहतबाट पछि हटेर प्रचण्डपथमा भासीन उनलाई केले उक्ल्याए होला ? आमकार्यकर्ताले यसको उत्तर कहिले थाहा पाउलान ? मलाई लाग्छ कुनै दिन उनले आत्मसस्मरण लेखे भनै यसको उत्तर पक्कै दिने छन । आफूले पन्ध्र वर्ष नेतृत्व गरेको र वर्षौ रगत र पसिनाले सिन्चेको पार्टीभन्दा पुष्पकमल र शेरबहादुर देउवाको कार्यकर्ता बन्न उक्ल्याउने तत्व उनको संस्मरण्को सबैभन्दा शक्तिसाली प्लट हुनेछ ।

कुनै चमत्कार भए वेग्लै कुरा नत्र अब माधव नेपाल एमाले एक भएपनि हिजो जस्तो निर्विकल्प नेता बन्न सक्दैनन् । सर्वोच्च अदालतले संसद पुर्नस्थापना भए एमाले अध्यक्ष के.पी शर्मा ओली अझ शक्तिसाली बन्ने निश्चित छ । भने विघटन सदर भए देशै ओलीपथमा हिड्ने हुँदा अब माधव नेपालको सर्वोपरीता एमाले भित्र सकिएकै मान्नु पर्दछ ।

संसद पुर्नस्थापना हुँदा पनि कर्णालीका चार भाइलाई गरेको कार्वाही वदर गराउने सर्वोच्चको फैसलालाई टेक्दै ओलीले नवौ महाधिवेशनको म्यानडेट अनुरुप काम गर्न सक्ने छन् । पदाधिकारी र स्थायी समितीका हरेक निर्णयको अन्तिम सदर हुने ठाउँ केन्द्रीय कमिटी हो । जहाँ ओली निकै शक्तिशाली बहुमतमा छन् । अर्कोतर्फ ओलीकै बहुमत सहितको संसदीय दल र पछिल्लो समय माधव नेपालका पार्टी विरोधि यावत क्रियाकलापले पनि अब एमालेमा उनको अवस्था त्यती सहज पक्कै हुने छैन । यस विचका उनका यावत कामकार्वाहीले पनि उनको राजनीतिक जीवनमा व्यापक सङकटका पुर्व स्वरुपहरु देखाइसकेका छन् । नेपाल समूहमा रहेका लोकपृय र जनाधार भएका नेताहरुका ओलीसङ्ग मिल्नै पर्ने वोलीले पनी नेपालको राजनैतिक जीवन अझ धरापमय बन्दै गएको छ ।

संसद पुर्नस्थापना हुँदा जनता समाजवादी पार्टी सहितओलीकै वहुमत सहितको सँसद र सरकार वन्ने सत्य घाम जस्तै छर्लङग छ । यसो भयो भने माधव नेपालले खुमलटार र वुढानिलकण्ठमा गरेका यावत कामको वहिखाता ओलीले पल्ट्याउन थाल्ने छन् । र संसद विघटन सदर भए जनता र कार्यकर्ताले पनि नेपाल सँग हिसाबकिताब माग्ने पक्का छ । त्यो वेला नेपालले कार्यकर्ता पंक्तिवाट क्षमा र शंकाको सुविधा नपाउने निश्चित छ ।

माधव नेपालले पछिल्लो समय आफ्नो इगो साँध्न पार्टी र नेतृत्व विरुद्ध जुन हर्कत गरे त्यो कार्य कुनै कोणबाट पनी क्षम्य छैन । त्यसका बावजुद् एमालेका नेताको रुपमा नेपालको छवी धुलीसात भइसकेको छैन । यस कारण कार्यकर्ता पंंक्तिवाट भन्नै पर्दछ, ‘कमरेड नेपाल ह्याण्डील विथ केयर प्लीज ।’

वि.सं.२०७८ असार ३ बिहीवार १२:४२ मा प्रकाशित

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

के तपाईं टेलिभिजन हेर्दा, रेडियो सुन्दा, पत्रिका पढ्दा वा सामाजिक...

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

१. पृष्ठभूमि राष्ट्रवाद र देशभक्ति बीचको मुख्य भिन्नता के हो...

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्र काश्मीर शैव दर्शन र कौल त्रिक परम्पराको एक...

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

"देवताले भक्तलाई चिन्नु पर्दैन, भक्तले मात्र देवतालाई चिन्नुपर्छ।" यो नियम...

त्रिदेशीय साझेदारीको रणनीति : प्रचण्डको युगान्तकारी विचार

त्रिदेशीय साझेदारीको रणनीति : प्रचण्डको युगान्तकारी विचार

संसारमै चक्मा दिने गरी जनयुद्ध (बिचारले उठेको शसस्त्र संघर्ष) को...

विविधतामा एकता : नेपालको राष्ट्रिय पहिचानको मूल आधार

विविधतामा एकता : नेपालको राष्ट्रिय पहिचानको मूल आधार

१. पृष्ठभूमि राष्ट्रिय पहिचान भनेको साझा इतिहास, संस्कृति, भूगोल र...