back
CTIZAN AD

पुष्पलाल मित्रता केन्द्रको निष्कर्ष : ओली र भण्डारी संविधान मास्ने ध्याउन्नमा छन्

वि.सं.२०७८ असार ३ बिहीवार

879 

shares

असार ३, काठमाडौं । पुष्पलाल मित्रता केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी संविधान मास्ने ध्याउन्नमा रहेको बताएको छ । केन्द्रले तेस्रो बैठकको प्रस्ताव सार्वजनिक गर्दै यस्तो ठहर गरेको हो ।

केन्द्रका अध्यक्ष जगन्नाथ खतिवडाको अध्यक्षतामा भर्चुअल रूपमा बसेको बैठकले केपी ओलीले पार्टी सत्ता र राज्यसत्ताको दुरुपयोग गर्दै लोकतन्त्र,संविधान र राजनीतिक प्रणाली नै धरापमा पारेको बताएकाे छ ।

“आज पार्टी सत्ता र राज्यसत्ताको दुरुपयोग गरेका कारणले लोकतन्त्र, संविधान, कानुन र समग्र राजनीतिक प्रणाली नै धरापमा परेको छ । साथै कम्युनिष्ट आन्दोलनप्रति पनि वितृष्णा बढिरहेको अनुभूति भएको छ । दुई दुईपटक असंवैधानिक तरिकाले प्रतिनिधिसभाको भंग गर्ने, राष्टपति र प्रधानमन्त्रीको मिलोमतोमा संविधानको चीरहरण गर्ने, सम्पूर्ण संबैधानिक निकाय कब्जा गर्ने, सबै कानुनी मर्यादाहरु नाघेर मन्त्रीमण्डल विस्तार गर्ने असंवैधानिक काम प्रधानमन्त्रीबाट भइरहेको छ । समग्रमा प्रणालीलाई नै ध्वस्त गर्ने चाहना देखिएकोले यो बैठक, उक्त प्रतिगामी र असंवैधानिक कदमको घोर निन्दा एवं भ्रत्सना गर्न गर्दछ र देशका प्रधानमन्त्रीलाई प्रतिगमनकारी कार्य गर्नवाट पछि हट्नको लागि आह्वान गर्छ,” केन्द्रले विज्ञप्तिमार्फत् भनेको छ ।

यस्तो छ केन्द्रले सार्वजनिक गरेको प्रस्ताव

वि.सं.२०७८ असार ३ बिहीवार १४:१७ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...