back
CTIZAN AD

महोत्तरीका किसानलाई कृषि सामग्री वितरण

वि.सं.२०७८ असार ३ बिहीवार

795 

shares

३ असार, महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाले किसानलाई अत्यावश्यक कृषि सामग्री वितरण गरेको छ ।

जिल्लाकै उत्कृष्ट तरकारी पकेटक्षेत्रका रुपमा मानिएको मटिहानी–६ का किसानलाई आज नगरप्रमुख हरिप्रसाद मण्डलले कृषि सामग्री वितरण गरेका छन्। खेतीको मुख्य बेला जिल्लामा कोभिड–१९ सङ्क्रमण छल्न जारी निषेधाज्ञाबीच कृषि सामग्री लिन बजार जान नसकेका किसानलाई यो कार्यक्रमले राहत दिएको छ ।

नगरपालिकाले नेपाल सरकारको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पैकेट विकास कार्यक्रमअन्तर्गत गटोर, स्पेयर्स, हजारी जैविक मल, जैविक किटनाषक औषधि विषादी, कृषि चुन, बीउविजनसहितका कृषि सामग्री किसानलाई प्रदान गरेको हो । बस्तीका व्यवसायिक रुपमै तरकारी खेती अपनाएका ३० जना किसानलाई पहिलो चरणमा सामग्री प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

किसानलाई खेती कार्यमा सहज र उत्प्रेरित गराउन यो कार्यक्रम प्रभावकारी हुने नगरपालिकाको कृषि शाखा प्रमुख टङ्कप्रसाद उपाध्यायले बताए । यो कार्यक्रमले निरन्तरता पाउने शाखाले जनाएको छ । महाव्याधिले जकड्याएर कृषि सामग्री ल्याउन कतै निस्कन नसकेका बेला प्राप्त सामग्रीले खेतीपातीको काम अघि बढाउन राहत मिलेको किसानले बताएका छन् ।
रासस

वि.सं.२०७८ असार ३ बिहीवार १४:१४ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...