back
CTIZAN AD

शिक्षकमैत्री बजेट नभएकोमा माओवादी नेता पौडेलको रोष

वि.सं.२०७८ असार ३ बिहीवार

747 

shares

३ असार, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता तथा संघीय सांसद देवेन्द्र पौडेलले सरकारले ल्याएको बजेट शिक्षकमैत्री नभएको भन्दै रोष व्यक्त गरेका छन् ।

अन्य पेसागत समूहको तुलनामा यो बजेटले शिक्षकलाई निकै अपमानित र उपेक्षा गरेको भन्दै नेता पौडेलले सरकारको ध्यानाकर्षण गराएका छन् ।

शिक्षकलाई न्युनतम १० दिनको पारिश्रमिक बिदासहित १० लाख दुर्घटना बिमाको व्यवस्था गर्नुपर्ने, देशभरीका शिक्षकहरुलाई कोभिड– १९ विरुद्धको खोपको उचित प्रवन्धसहित शैक्षिक/शिक्षक अस्पतालको व्यवस्था गर्नुपर्ने, नीजि शिक्षकहरुको सामाजिक सुरक्षा व्यवस्था गर्नुपर्ने, र उच्चस्तरीय शिक्षक आयोगको प्रतिवेदन कार्यान्वयन गर्दै श्रम ऐन लागू गर्नु पर्नेमा बजेटले कुनै सम्बोधन नगरेको नेता पौडेलले टिप्पणी गरेका छन् ।

त्यस्तै द्धन्द पीडित शिक्षकको उचित प्रवन्ध र विभिन्न आन्दोलनमा सहिद भएका शिक्षक परिवारको उचित सम्मान गर्नुपर्ने लगायतका तमाम विषयहरु छुटेको र उल्लेख नगरिएकोमा सम्पूर्ण शिक्षकहरुले यसको सशक्त बिरोध गर्दै समाजवादउन्मुख शिक्षकमैत्री शिक्षा प्रणाली अपनाउन जोडदार माग गर्नुपर्ने बताएका छन् ।

नेता पौडेललको ध्यानाकर्षणलाई एकीकृत अखिल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारी लगायत शिक्षक वर्गले आभार व्यक्त गरेका छन् ।

नेता पौडेलद्वारा जारी ध्यानाकर्षण वक्तव्यमा भनिएको छ :
“कामचलाउ सरकारले कामचलाउ कार्य मात्रै गर्ने वैधानिक व्यवस्था छ । तर यो सरकारले दुईरदुई पटक प्रतिनिधि सभा विघटन गरी अध्यादेशमार्फत् बजेट ल्याएको छ । अन्य पेसागत समुहको तुलनामा यो बजेटले शिक्षकलाई निकै अपमानित गरेको छ । उपेक्षा गरेको छ । न्युनतम १० दिनको पारिश्रमिक बिदासहित १० लाख दुर्घटना बिमाको व्यवस्था गर्नुपर्दथ्यो । देशभरीका शिक्षकहरुलाई कोभिड ( १९ विरुद्धको खोपको उचित प्रवन्धसहित शैक्षिकरशिक्षक अस्पतालको व्यवस्था गर्नुपर्दथ्यो । नीजि शिक्षकहरुको सामाजिक सुरक्षा व्यवस्था गर्नु पर्दथ्यो । उच्चस्तरीय शिक्षक आयोगको प्रतिवेदन कार्यान्वयन गर्दै श्रम ऐन लागु गर्नु पर्दथ्यो । द्धन्द पीडित शिक्षकको उचित प्रवन्ध र विभिन्न आन्दोलनमा सहिद भएका शिक्षक परिवारको उचित सम्मान गर्नुपर्दथ्यो । यस्ता तमाम विषयहरु छुटेकोरउल्लेख नगरिएकाले यो बजेट शिक्षकमैत्री छैन । त्यसैले सम्पूर्ण शिक्षकहरुले यसको सशक्त बिरोध गर्दै समाजवादउन्मुख शिक्षकमैत्री शिक्षा प्रणाली अपनाउन जोडदार माग गरौं ।”

 

वि.सं.२०७८ असार ३ बिहीवार १४:१२ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...