back
CTIZAN AD

अझै यिनीहरूबाट सयौं राष्ट्रघात हुनेवाला छ

वि.सं.२०७८ असार ३ बिहीवार

819 

shares

राष्ट्रघातको विकास नेपालमा सन १८१६ सुगौली सन्धी पछि बैदेशिक हस्तक्षेप बढेको पाइन्छ तथापी नेपाली समाजमा शासकहरुले राष्ट्रघात गरेका थिएनन । वि.सं २००७ सालमा प्रजातन्त्र स्थापना पछि मात्र यो देशका शासक बाट ठुलठुला राष्ट्रघातहरु भएका छन।
कुन दल, कुन नेता र शासकले कहिले र के राष्ट्रघात गरे हेरौं :

१) मातृकाप्रसाद कोइराला(प्र.म नेपाली काग्रेस) वि.सं २०११ साल बैशाख १२ गते कोशी सम्झौता। जहाँ अहिले पनि भारतले नेपालको हजारौं बिगाह जमिन डुवानमा पार्नका साथै अवश्यक पानी भारत लैजान्छ र नेपाली भुमीमा बनाएको सो बाँधको सुरक्षा आफै गर्छ ।

२) वि पि कोइराला (प्र.म. नेपाली काग्रेस) : वि सं २०१ ६ साल मंशिर १९ गते गण्डक सम्झौता, जसले सबै पानी भारत लगेको छ। कालापानीमा भारतीय सैन्य बल राख्न सम्झौता समेत गरे।

३) गिरिजा प्रसाद रसुशील कोइराला(प्र.म. नेपाली काग्रेस) : वि सं २०४८ सालमा गिरिजा प्रसाद कोइरालाले टनकपुर सम्झौता गरे। त्यसैगरि अरुण तेस्रो, माथिल्लो कर्णाली ,पश्चिम सेती जस्ता सम्झौता गरि सत्ता जोगाउन र राष्ट्रलाई घातहुने सम्झौता गरे।

४) शेर बहादुर देउवा (प्र.म. नेपाली काग्रेस), केपि शर्मा ओलि र माधब नेपाल (नेकपा एमाले) : २०५३ सालमा महाकाली सम्झौता गरे । सोही सम्झौतामा तत्कालिन जलश्रोत मन्त्री राप्रपाका पशुपतिशमशेर रहेका छन।

५) त्यसै गरि नागरिकता बिधेयकमा पटक पटक राष्ट्रघात हुदैं आएको छ । पहिलो पटक २०४७ मा गिरिजा प्रसाद कोइरालाले (प्र.म( नोपाली कांग्रेस) ले गरे ।

६) भारतीयहरूलाई नागरिकता दिनेगरी दोस्रो पटक २०६३ सालमा गिरिजा प्रसाद कोइराला, माओवादी अध्यक्ष प्रचण्ड र एमाले समेतको सहयोगमा पुन संसोधन गरियो ।

७) वि सं २०७२ सालमा सुशील कोइराला, प्रचण्ड, बाबुराम, केपि ओलि, लगायतका संसदमा प्रतिनिधित्व गर्ने दलहरुले नागरिकता बिधेयकमा थप राष्ट्रघात गरेको तथ्यांक कहि कसैले बंङ्गायर बंङ्गिने बिषय पनि होइन।

८) देसलाई सिरीया जस्तै अन्तर्राष्ट्रीय रणभुमी बनाउने गरी अमेरीकी इण्डो प्यासिफीक रणनीतिको एमसीसी परियोजना लागू गर्न नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एमाले ले पटक पटक सरकारमा बसेर सहमती जनाई सकेका छन । तर संसद बाहिर रहेका कम्युनिष्ट पार्टीहरू र जनताको व्यापक विरोधको कारण संसदबाट अनुमोदन हुन सकेको छैन ।

९) केपी ओली (प्र.म. नेकपा एमाले) २०७८ बैशाखमा अंगीकृत नागरीकलाई वंशजकै नागरिकता दिने लगायतको नयाँ अध्यादेस ल्याएर नागरिकतामा राष्ट्रघातको ह्याट्रीक गरेका छन् । कमसेकम अब नयाँ कुनै राष्ट्रघाती निर्णय गर्ने छैन भनेर ति मध्ये एकजनाले पनि भनेका छैनन् । त्यसैले अझै यिनीहरूबाट सयौं राष्ट्रघात हुनेवाला छ र त्यो ठांउमा पुर्याउन हामी उनिहरूलाई भोट दिईरहने छौं । त्यसैले हामी पनि राष्ट्रघाती हौं, नेतालाई मात्रै गाली नगरौं ।

(लेखक घिमिरे, समाजवादी जागरण अभियानका महासचिव हुन ।)

 

वि.सं.२०७८ असार ३ बिहीवार १४:४३ मा प्रकाशित

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

१. पृष्ठभूमि नेपाल तीनवटा संरचनात्मक आर्थिक सङ्कटहरू–खाद्य असुरक्षा, फराकिलो व्यापार...

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

के तपाईं टेलिभिजन हेर्दा, रेडियो सुन्दा, पत्रिका पढ्दा वा सामाजिक...

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

१. पृष्ठभूमि राष्ट्रवाद र देशभक्ति बीचको मुख्य भिन्नता के हो...

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्र काश्मीर शैव दर्शन र कौल त्रिक परम्पराको एक...

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

"देवताले भक्तलाई चिन्नु पर्दैन, भक्तले मात्र देवतालाई चिन्नुपर्छ।" यो नियम...

त्रिदेशीय साझेदारीको रणनीति : प्रचण्डको युगान्तकारी विचार

त्रिदेशीय साझेदारीको रणनीति : प्रचण्डको युगान्तकारी विचार

संसारमै चक्मा दिने गरी जनयुद्ध (बिचारले उठेको शसस्त्र संघर्ष) को...