back
CTIZAN AD

सोसाइटी फर नेप्लिज डाक्टर्स अफ बंगलादेशको अगुवाईमा नेपाल सरकारलाई एक लाख सिटामोल हस्तान्तरण

वि.सं.२०७८ असार ३ बिहीवार

1.6K 

shares

३ असार, काठमाडौँ । बंगलादेशबाट चिकित्सा शिक्षा अध्ययन गरी नेपाल फर्किएका नेपाली चिकित्सकहरूको संगठन ‘सोसाइटी फर नेप्लिज डाक्टर्स अफ बंगलादेश(एसएनडीबी)’को अगुवाईमा नेपाल सरकारलाई एक लाख प्यारासिटामोल ट्याबलेट्स (Paracetamol Tablets)अनुदान सहयोग गरिएकाे छ ।

उक्त ट्याबलेट बंगलादेशका लागि नेपाली राजदूत डा.बंशीधर मिश्रमार्फत नेपाल सरकारलाई प्रदान गरिएको हाे ।ढाकामा रहेको नेपाली दूतावासमा आयोजित कार्यक्रममा सोसाइटीको बंगलादेशका प्रतिनिधि डा. दीपक यादब र डा.आलोक झाले राजदूत डा. मिश्रलाई ट्याबलेट हस्तान्तर गरेका हुन् ।

नेपाली बजारमा सिटामोलको अभाव भैरहेकाे बेला एसएनडीबीले विश्वव्यापी नेपाली विद्यार्थी संगठन(वोन्सो) बंगलादेशसंगको सहकार्यमा इन्सेप्टा फर्मास्युटिकल्सले उत्पादन गरेको १ लाख प्यारासिटामोल अनुदान सहयोग गरेको संस्थाका संस्थापक तथा अन्तर्राष्ट्रिय मामिला संयोजक डा. राकेश साहले जानकारी दिएका छन् । कोरोना महामारीको संकटमा  सरकारलाई थोरै भएपनि सहयोग पुग्ने उद्देश्यले हस्तान्तरण गरिएको साहले बताए।

अनुदानको सिटामोल बुझदै राजदूत मिश्रले देशलाई संकट परेको बेलामा विदेशमा रहेका चिकित्सक तथा विद्यार्थीहरुको संस्थाबाट यसरी सहयोग हुनु अत्यन्तै महत्वपूर्ण रहेको बताउँदै उक्त सिटामोल छिटो नेपाल पठाउने व्यवस्था गर्न लागेको जानकारी दिए । उक्त अवसरमा राजदूत डा. मिश्रले यसअघि पनि बंगलादेशमा अध्ययन्रत विद्यार्थीहरु, विभिन्न क्षेत्रमा कार्यरत नेपाली समुदायको पहलमा कोभिड विरुद्ध प्रयोग हुने रेम्डेसिभिर औषधि, मास्क, पीपीई, ह्याण्ड स्यानिटाइजर लगायतका बस्तुहरु अनुदानमा उपलव्ध गराएको बताए ।

औषधी जुटाउन वोन्सो बंगलादेशका अध्यक्ष रुपेश महतोसहित राधे यादव, सुरज प्रकाश राणाले  पहल गरेका थिए । ।

हस्तान्तरण कार्यक्रममा राजदूत डा. वंशीधर मिश्रका साथै कुमार राई(कन्सुलर तथा मिशन उपप्रमुख), रोशन शमशेर राना(मिलिटरी एट्याची, सुवास मगर थापा(अफिस एट्याची)को उपस्थिति रहेको थियो भने एसएनडीबीका प्रतिनिधिहरु डा. दीपक यादव, डा आलोक झा, डा अनिश चौरासिया, वोन्सो बंगलादेशको तर्फबाट अध्यक्ष रुपेश महतो तथा राधे यादव, सुरजप्रकाश रानाको उपस्थिति थियो ।

WNSO(Bangladesh) बंगलादेशले बंगलादेशमा पढ्दै गरेका विद्यार्थीको हकहित तथा विद्यार्थीको जुनसुकै समस्या समाधान निम्ति सधैं तत्पर रहने एक मात्र संस्था हो । नेपालमा २०७२ सालमा आएको ठूलो भूकम्पदेखि लिएर बङ्गलादेशमा पढ्दै गरेका छात्राहरु बारे गतल टिप्पणी गर्ने मेडिकल कलेज सञ्चालक र तत्कालिन मन्त्रीलाई राजीनामा समेत दिन बाध्य बनाएको प्रमुख वोन्सो बंगलादेशका सल्लाहकारसमेत रहेका डा. राकेश साहले बताए ।

सोसाइटी फर नेप्लिज डाक्टर्स अफ बंगलादेश(एसएनडीबी)को स्थापना बंगलादेशबाट एमबिबिएस, बिडिएस, एमडि, एमएस र एमडिएस गरी नेपाल फिर्किएकाहरुलाई समेट्ने उद्देश्यले गरिएको हो ।

 

वि.सं.२०७८ असार ३ बिहीवार २०:०३ मा प्रकाशित

दूधको भुक्तानी अवधि घटाइउने कृषि मन्त्रीको प्रतिबद्धता

दूधको भुक्तानी अवधि घटाइउने कृषि मन्त्रीको प्रतिबद्धता

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले किसानबाट खरिद...

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकारको दृढता

नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकारको दृढता

काठमाडौँ । पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले नेपाललाई...

स्कारपियो दुर्घटनाकी घाइते लक्ष्मी बडुको मृत्यु, ५ घाइतेको उपचार हुँदै

स्कारपियो दुर्घटनाकी घाइते लक्ष्मी बडुको मृत्यु, ५ घाइतेको उपचार हुँदै

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा उच्च अदालत जनकपुर, अस्थायी...

पेसा फेरियो, दलन फेरिएन

पेसा फेरियो, दलन फेरिएन

काठमाडौँ । नेपालमा समाजिक विभेदको इतिहास विडम्बनापूर्ण छ । जुन...

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

मुस्ताङ । जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका- ४ पुच्छर ढोङमा टिपरबाट...