back
CTIZAN AD

सरकारको नारा ‘आधुनिक कृषि’,किसानका समस्या ज्यूँका त्यूँ

वि.सं.२०७३ फागुन १ आइतवार

1.4K 

shares

krishi1

कुनैपनि क्षेत्रमा देखिएको समस्या जरैदेखि समाधान गर्दै अगाडि बढ्न सकियो भने फेरि त्यहि समस्याका लागि पछाडि फर्केर हेर्नु पर्दैन् । तर, जरा देखिको समस्यालाई सामान्य मान्दै अगाडि बढ्दा समस्याले विकराल रुप लिदैँ जाने र समस्या झन भन्दा झन बढ्दै जान्छ ।

देशमा कृषि आधुनिकीकरणको लहर बढेको छ । तर, देशका पहाडी तथा तराई भागमा सजिलै उत्पादन गर्न सकिने धान, कोदो, मकै लगायतका खाद्यबाली अरबौँ रुपैयाँमा आयात गर्नुपर्ने बाध्यता बढेकै छन् ।

सरकारले बढी भन्दा बढी उत्पादनमा आत्मनिर्भर र कम विषादीरहित खेतीको आवश्यकता आँैल्याउँदै कृषिमा नयाँ कार्यक्रम ल्याएको छ । तर, किसान कहाँनेर समस्यामा छन भन्ने कुरा पहिल्याउन निकै जटिल बनेको छ ।  वातावरण संरक्षण तथा कृषि अनुसन्धान र विकास समाज नेपाल (सेकार्ड) ले धादिङको नौविसेमा आयोजना गरेको बाली उपचार नामक कार्यक्रममा किसानहरूले यस्तै समस्या लिएर आए ।

“तपाईहरू बाली उपचार भनेर आउनु हुन्छ ? तर, बाली कसरी लगाउने र रोग लागेपछि उपचार गर्नभन्दा रोग नलाग्न के गर्नुपर्छ भन्ने कुरा सिकाउनु हुन्न ।” नौबिसेका किसान रामचन्द्र रुपाखेतीले भने ।

त्यस्तै पीडामा छन् नौबिसे २ जैसीटोलकी गीता खतिवडा । दुई वर्षदेखि व्यवसायीक खेतीमा लागेकी उनी छिमेकीले बारीमा प्रयोग गरेको विषादीका कारण पीडामा छन् ।

झण्डै १३ हजार काउली रोपेकी उनले बिषादी प्रयोग गरेकी छैनन् । तर, छिमेकीले प्रयोग गरेको विषादीले उनको बालीलाई पनि असर गरेको छ । उनी भन्छिन् “अब सरकारबाटै गाउँ गाउँमा सचेतना जगाउने कार्यक्रम आउनुपर्छ, बालिमा विषादीको प्रयोग बन्द गरेर जैविक मल उत्पादनमा लाग्नुपर्छ ।”

त्यस्तै गुनासो छ, नौबिसे मेलमिलापकेन्द्रका अध्यक्ष सीताराम श्रेष्ठको । “सरकारले हाम्रो माटोमा के फल्छ र कुन बाली लगाउँदा उपर्युक्त हुन्छ भनेर माटो जाँच गरिदिनु प¥यो । अनि हामीलाई उत्पादनमा लाग्न सहज हुन्छ ।”
उनका अनुसार किसानका लागि गाविसमा आएको १५ प्रतिशत बजेट पनि सदुपयोग हुन सकेको छैन् । “१५ प्रतिशत बजेट कहाँ जान्छ थाहा छैन । त्यो बजेट पनि सहि किसानको हातमा जानुप¥यो, कागजी किसानको हातमा गएर न राज्य न किसान कसैको पनि हित हुँदैन् ।
कार्यक्रममा ५० भन्दा बढी किसानहरूले बालीमा देखिएका विभिन्न समस्याहरू सुनाएका थिए । काउलीको जरामा देखिएको गाँठा, लिचीको पातमा गाँठा, सिमीमा लागेको लाइ, विरुवामै फूल्ने समस्या तथा फुल्दै गरेको काउली कुँहिने समस्याहरू त्यहाँ राखिएका थिए ।

वि.सं.२०७३ फागुन १ आइतवार ०७:४४ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

काठ्माडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...