Logo
१६ चैत्र २०७९, बिहीबार
     Thu Mar 30 2023
E-paper
  English Edition
   Unicode
Logo

प्रधानमन्त्री कृषि आधुनिकीकरण, स्याङ्जा सुन्तला जोन घोषित



orange१ फागुन, वालिङ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ‘जोन’ कार्यान्वयन इकाई अन्तर्गत स्याङ्जा जिल्लालाई सुन्तला जोनका रुपमा विकास गरिने भएको छ ।

कृषि विकास मन्त्रालय अन्तर्गत यहाँ १० वर्षका लागि छुट्टै परियोजना सञ्चालन गर्न लागिएकोे हो ।

“स्याङ्जा जिल्ला सुन्तलाको प्रचुर सम्भावना बोकेको जिल्ला भएको र यहाँका सुन्तला उत्पादन र स्वादका दृष्टिले निक्कै राम्रो छ” प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन इकाई कार्यालयका प्रमुख विनोद हमालले भन्नुभयो, “पहिलो चरणमा पुतलीबजार, भीरकोट नगरपालिका, एलादी, अर्जुनचौपारी र ठूलाडिही गाविसमा कार्यक्रम सञ्चालन हुनेछ भने बाँकी ठाउँमा दोस्रो चरणमा कार्यक्रम लैजाने छौँ ।”

नेपाल सरकार र चीन सरकारबीच २०७० सालमा स्याङ्जाको सुन्तला र सिन्धुलीको जुनार निर्यात गर्ने सम्झौताअनुसार काम अगाडि बढाइएको कार्यालयले जनाएको छ ।

दशवर्षको अवधिमा यहाँ उत्पादित सुन्तलालाई अझै गुणस्तरीय बनाउने, ग्रेडिङ गर्ने, प्याकेजिङ तथा भण्डारको व्यवस्था मिलाउने, कृषकलाई थप व्यावसायिक बनाउन तालिम दिने र उत्पादित सुन्तलालाई बजारीकरणको व्यवस्था मिलाइने कार्यालय प्रमुख हमालले बताउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सत्ता साझेदार दलहरूले मन्त्रालयको संख्यासँगै नाम पनि टुंग्याएका छन् । प्रधानमन्त्री पुष्पकमल

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम