back
CTIZAN AD

यस्ता साथीहरूबाट सधै टाढा रहनुहोस्

वि.सं.२०७३ फागुन १ आइतवार

960 

shares

bad-friendshipजिन्दगीमा धेरै कुराहरूमा तपाईको नियन्त्रण हुन सक्तैन । न त बाबुआमा, न आफन्त । तर, एउटा चिज भने तपाईले भनेजस्तो चयन गर्न सक्नुहुन्छ, त्यो हो साथी । तपाईको जीवनका बाटाहरूमा हरेक प्रकारका साथीहरू नजिक आउने जाने गरिरन्छन् । तर, ती साथीमध्ये पनि कस्ता साथीलाई आफ्नो जीवनको सुख दुःख बाँड्ने र आफ्नो गोपनीयता शेयर गर्ने भन्ने हुन्छ । तपाईले त्यसबीचमा असल साथीको चयन गर्नसक्नु भएन भने जिन्दगीमा पछुताउनु पर्ने हुन्छ । यहाँ भन्न खोजिएको तपाईको जीवनसाथीको नभई तपाइकोको जीवनमा विभिन्न भूमिकामा देखा पर्ने साथीहरूको हो । असल साथी भेट्नु भयो भने तपाईको जीवनलाई सहि दिशा दिन सक्छन् भने गलत साथीको संगतका कारण जीवनभर तनाबको सामना गर्नुपर्ने हुन्छ । आउनुहोस् कस्ता साथीहरूबाट टाढै रहने ?
गफाडी साथी – हामी सबैको साथीको लिस्टमा कोही यस्ता साथी पनि हुन्छन् जो व्यक्ति आसपासमा रहेका मानिसहरूको ध्यान आफूतिर तान्नकै लागि यस्तो गर्छन् । उसलाई यस्तो कुराको कुनै सरोकार नै हुँदैन की उसले गरेको कुरा कति सत्य हो भन्ने । जबसम्म मानिसहरू उसको कुराको आनन्द लिइरहेका हुन्छन् । उसलाई कुन कुरा गरो भन्ने थाहा पनि हुँदैन् । तपाई यस्ता साथीहरूलाई आजैदेखि भरोसा गर्न छाडिदिनुस् । किनकी जो व्यक्ति तपाईको अगाडि अरुको बारेमा नराम्रो कुरा गर्छन् उनीहरू अरुको अगाडि तपाइैको बारेमा नराम्रो कुरा गर्न कत्ति पनि हिचकिचाउँदैनन् ।
पैसा खर्च गर्न डराउने– तपाईको जीवनमा कतिपय यस्ता साथीहरू पनि भेटिए होलान् या भेटिने छन्, जसले पैसा खर्च गर्नुपर्छ भनेर बिरामी भएको बहाना गर्छन् । हो, यस्ता साथीहरूबाट टाढै रहेको राम्रो । उनीहरू आर्थिक समस्यामा नभए पनि पैसा खर्च गर्ने मामिलामा कन्ज्युस्याँइ गर्छन् । उनीहरूसँगै सपिङ गर्न जानु पनि धेरै समस्या हुन्छ । उनीहरू महँगो भएको बहाना गरेरै टार्छन् । यदि जब पैसा खर्च गर्ने पालो तपाईंको आउँछ तब उनीहरूलाई यो कुरा सोच्दैनन् । उनीहरू “तिमी कति धनी छौ” भन्दै तपाईले किनिदिएको समान स्विकार गर्छन् ।
घमण्डी– हरेक मानिसमा थोरै अंहकारपन हुन्छ । त्यसलाई प्राकृतिक रुपमा पनि लिनुपर्छ भन्ने हाम्रो समाजको मान्यता छ । यदि तपाईको साथी तपाईले गरेको कुरा काटेर बीचमा आफ्नो राय जर्बजस्ती घुसाउँछ भने तपाई घमण्डी व्यक्तिसँग कुरा गर्दै हुनुहुन्छ । यस्ता व्यक्तिहरू आफ्नो कुरा घण्टौसम्म गरिरहन्छन् र आफ्नो कुरा ठिक हो भन्ने देखाउँछन् । यस्ता व्यक्तिहरूसँग व्यवहार गर्दा उसले गरेको कुरामा हो मा हो मिलाउँदै जानुस् र विस्तारै जरुरीका आधारमा सम्बन्ध राखि राख्नुस् ।
इष्र्या गर्ने साथी– यदि तपाईलाई देखेर कोही इष्र्या गर्छ भने उ तपाईको सच्चा साथी हुन सक्तैन् । यस्ता साथीहरूबाट दुरी बनाइ राख्नु नै राम्रो हुन्छ । साथी त तपाईको खुसीमा खुसी हुन्छन् तपाईको सफलतामा इष्र्या गर्दैनन् । त्यस्ता साथीहरू अगाडि राम्रो देखिएर पछाडि इष्र्याको आगोमा आफै जलिरहेका हुन्छन् । तपाई उनीहरूको आँखामा यो सबै देख्न सक्नुहुन्छ । धेरैपटक उनीहरूको कुराबाट पनि यो थाहा हुन्छ उनीहरू तपाईको इष्र्या गर्छन् । उनीहरू भन्छन् “यो त ठूलो कुरा भएन, यस्तो त मैले धेरैपटक गरेको छु ।” यस्ता व्यक्तिहरू आफ्नै जीवनबाट पनि खुसी हुँदैनन् ।
मुस्कानरुपी विष– तपाईको साथीको लिस्टमा यस्ता धेरै साथी होलान्, जसको जिन्दगी रमाइलो हुन्छ । उनीहरू ठूला भन्दा ठूला समस्यामा पनि मुस्कुराउने र हाँसेर सकारात्मक बन्ने उपाय खोजिरहन्छन् । के उनीहरू सहि अर्थमा यस्ता हुन्छन् यात फेरि साथी बनाउने उनीहरूको तरिका हो यो । धेरै अवस्थामा यस्तो व्यवहार धोकाको आधार पनि बन्न सक्छ । यस्ता व्यक्तिहरू सोझोपना देखाएर तपाईको विश्वासको फाइदा उठाइरहेका हुन्छन् । जब तपाई साथिले देखाएको व्यवहार गलत हो भन्ने बुझ्नुहुन्छ त्यतिबेला त्यो साथी तपाईबाट फाइदा लिएर टाढा गइसकेको हुन्छ । यस्ता साथीहरूबाट सधै टाढा रहनुस् र सोच्नुहोस आखिर उ तपाइसँग किन सम्बन्ध गाँस्न चाहेको छ भनेर ?

वि.सं.२०७३ फागुन १ आइतवार ०७:३७ मा प्रकाशित

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपपछि...

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरी ।आज बिहान भएको झडपको घटनापछि  जिल्ला प्रशासन कार्यालय सुनसरीले...

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमती । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ । जिल्ला काठमाडौं चन्द्रागिरि नगरपालिका- १५ तीनथाना स्थित सडकखण्डमा...

गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोट नगरपालिका–१० स्थित अकलामाई मन्दिर...

धनगढीमा आत्मादाह प्रयास गरेकी युवतीको मृत्यु

धनगढीमा आत्मादाह प्रयास गरेकी युवतीको मृत्यु

काठमाडौं । कैलालीको धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मादाह प्रयास गरेकी...