back
CTIZAN AD

चिसोमा तपाईको साथी तोरीको तेल

वि.सं.२०७३ फागुन १ आइतवार

1.1K 

shares

oilहामीले दैनिक प्रयोग गर्ने चिजहरूमा केही चिज यस्ता हुन्छन्, जुन समय अनुसार प्रयोग गर्न जानेमा फाइदाजनक हुन्छन् । हामी हाम्रो दैनिक भान्सामा प्रयोग गरिने तोरीको तेलबारे जानकार छौँ । तर, तोरीको तेलले शरीरमा कस्तो फाइदा पु¥याउँछ भन्ने कमैलाई थाहा होला । उसो त परापूर्वकाल देखिनै बालबालिकाको कोमल शरीरलाई बलियो बनाउनका लागि पनि तोरीको तेललाई प्रयोग गरिँदै आइएको छ ।
तोरीको तेल विशेष गरी जाडो महिनामा अत्यन्त लाभदायक मानिन्छ । यसले स्वास्थ्य सम्बन्धी धेरै समस्याहरू क्षणभरमै हल गर्ने स्वास्थ्य विज्ञहरूको भनाइ छ ।
तोरीको तेलमा भरपुर मात्रामा प्रोटिन, बिटाकैटोरिन, आयरन, फैटी एसिड, क्याल्सीयम र मैग्नेसियमले हाम्रो शरीरलाई धेरै प्रकारका बिमारबाट टाढा राख्दछ ।
चिसो मौसममा सबैभन्दा धेरै समस्या छालाको देखिन्छ । खास गरी अनुहार र हातखुट्टाको छालामा रुखोपना देखिन्छ । कुनैपनि मोश्चराइजर क्रिमले लामो समयसम्म छालालाई बचाउन सक्तैन । यस्तो बेला तोरीको तेल अनुहारमा लगाएर केही समयपछि पानीले धुँदा अनुहारको छालामा कोमल र नरमपना आउछ ।
त्यस्तै तोरीको तेलबाट शरीर मालिस गर्दा यसले छालामा नरमपना ल्याउनुका साथै मांशपेसी बलियो बनाउने तथा मालिस गरिसकेपछि नुहाउँदा शरीर र छाला स्वस्थ्य रहन्छ ।
चिसोको दिनमा तेललाई तातो बनाएर मालिस गर्नाले शरीरका जोर्नी दुखाइको पीडा कम हुनुका साथै यसमा पाइने भिटामिनले छालालाई अल्ट्राभाइलेट किरण र खराब मौसमबाट बचाउँछ । तोरीको तेल केशका लागि पनि फाइदाजनक हुन्छ । यसको नियमित मसाजले केश बलियो बनाउन मद्दत गर्दछ ।
त्यस्तै तोरीको तेलको अन्य धेरै फाइदा छन् ।
– दातमा देखिएको समस्या कम गर्न नुन र तेलले दाँत मालिस गर्ने ।
-भोक नलागेमा खाना पकाउँदा तोरीको तेल प्रयोग गर्नाले पाचनक्रियामा सहयोग पु¥याइ भोक जगाउन मद्दत गर्दछ ।
-तोरीको तेलको प्रयोगले कोरोनरी हार्ट डिजीजको खतरा कम हुन्छ ।
-कानको दुखाइमा तोरीको तेल मनतातो बनाएर कानमा राख्नाले दुखाइ कम हुन्छ ।

वि.सं.२०७३ फागुन १ आइतवार ०७:३३ मा प्रकाशित

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपपछि...

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरी ।आज बिहान भएको झडपको घटनापछि  जिल्ला प्रशासन कार्यालय सुनसरीले...

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमती । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ । जिल्ला काठमाडौं चन्द्रागिरि नगरपालिका- १५ तीनथाना स्थित सडकखण्डमा...

गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोट नगरपालिका–१० स्थित अकलामाई मन्दिर...

धनगढीमा आत्मादाह प्रयास गरेकी युवतीको मृत्यु

धनगढीमा आत्मादाह प्रयास गरेकी युवतीको मृत्यु

काठमाडौं । कैलालीको धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मादाह प्रयास गरेकी...