Logo
१९ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 2 2023
E-paper
  English Edition
   Unicode
Logo

चिसोमा तपाईको साथी तोरीको तेल



oilहामीले दैनिक प्रयोग गर्ने चिजहरूमा केही चिज यस्ता हुन्छन्, जुन समय अनुसार प्रयोग गर्न जानेमा फाइदाजनक हुन्छन् । हामी हाम्रो दैनिक भान्सामा प्रयोग गरिने तोरीको तेलबारे जानकार छौँ । तर, तोरीको तेलले शरीरमा कस्तो फाइदा पु¥याउँछ भन्ने कमैलाई थाहा होला । उसो त परापूर्वकाल देखिनै बालबालिकाको कोमल शरीरलाई बलियो बनाउनका लागि पनि तोरीको तेललाई प्रयोग गरिँदै आइएको छ ।
तोरीको तेल विशेष गरी जाडो महिनामा अत्यन्त लाभदायक मानिन्छ । यसले स्वास्थ्य सम्बन्धी धेरै समस्याहरू क्षणभरमै हल गर्ने स्वास्थ्य विज्ञहरूको भनाइ छ ।
तोरीको तेलमा भरपुर मात्रामा प्रोटिन, बिटाकैटोरिन, आयरन, फैटी एसिड, क्याल्सीयम र मैग्नेसियमले हाम्रो शरीरलाई धेरै प्रकारका बिमारबाट टाढा राख्दछ ।
चिसो मौसममा सबैभन्दा धेरै समस्या छालाको देखिन्छ । खास गरी अनुहार र हातखुट्टाको छालामा रुखोपना देखिन्छ । कुनैपनि मोश्चराइजर क्रिमले लामो समयसम्म छालालाई बचाउन सक्तैन । यस्तो बेला तोरीको तेल अनुहारमा लगाएर केही समयपछि पानीले धुँदा अनुहारको छालामा कोमल र नरमपना आउछ ।
त्यस्तै तोरीको तेलबाट शरीर मालिस गर्दा यसले छालामा नरमपना ल्याउनुका साथै मांशपेसी बलियो बनाउने तथा मालिस गरिसकेपछि नुहाउँदा शरीर र छाला स्वस्थ्य रहन्छ ।
चिसोको दिनमा तेललाई तातो बनाएर मालिस गर्नाले शरीरका जोर्नी दुखाइको पीडा कम हुनुका साथै यसमा पाइने भिटामिनले छालालाई अल्ट्राभाइलेट किरण र खराब मौसमबाट बचाउँछ । तोरीको तेल केशका लागि पनि फाइदाजनक हुन्छ । यसको नियमित मसाजले केश बलियो बनाउन मद्दत गर्दछ ।
त्यस्तै तोरीको तेलको अन्य धेरै फाइदा छन् ।
– दातमा देखिएको समस्या कम गर्न नुन र तेलले दाँत मालिस गर्ने ।
-भोक नलागेमा खाना पकाउँदा तोरीको तेल प्रयोग गर्नाले पाचनक्रियामा सहयोग पु¥याइ भोक जगाउन मद्दत गर्दछ ।
-तोरीको तेलको प्रयोगले कोरोनरी हार्ट डिजीजको खतरा कम हुन्छ ।
-कानको दुखाइमा तोरीको तेल मनतातो बनाएर कानमा राख्नाले दुखाइ कम हुन्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।