४ असार, काठमाडौँ । आज शुक्रबार पनि नेपाली बजारमा सुनको भाउ १ हजार रुपैयाँ भन्दा धेरैले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार छापावाला सुन प्रतितोला १ हजार २ सय रुपैयाँले घटेर प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । तेजावी सुनको मूल्य पनि घटेर प्रतितोला ९० हजार ३ सय पुगेको छ ।
आज चाँदीको भाउ पनि ३५ रुपैयाँले घटेर १ हजार ३ सय ५ रुपैयाँमै कारोबार भईरहेको छ । बिहिबार पनि नेपाली बजारमा सुनको भाउ १ हजार २ सय रुपैँयाले घटेको थियो ।

वि.सं.२०७८ असार ४ शुक्रवार १३:१२ मा प्रकाशित






























