back
CTIZAN AD

सेती नदीले खतराको सतह पार ग¥यो, किनाराका बस्ती र उर्वर भूमि जोखिममा

वि.सं.२०७८ असार ५ शनिवार

783 

shares

५ असार, बझाङ। सेती नदीले खतराको सतह पार गरेको छ । सेती नदीस्थित पानकोटमा राखिएको जलमापन केन्द्रमा पानीले खतराको सतह पार गरेको हो । नदीमा पानीको बहाव बढेसँगै किनारामा कटान शुरु गरेको छ ।

कटानका कारण नदी किनाराका बस्ती र उर्वर भूमि जोखिममा परेका छन् । नदीको बहाव बढी आएकाले भर्खरै निर्माण सम्पन्न गरिएको चैनपुर–पानकोट जोड्ने मोटरेबल पुलसहित पानकोटमा रहेका ओम शान्ति र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको भवन पनि जोखिममा परेका छन् । पुल र दुवै भवनको मुनिबाट नदीले कटान गरिसकेको छ । केही ठूला ढुङ्गाका कारण मात्रै भवनसम्म पहिरो फुट्न सकेको छैन ।

जिल्ला प्रशासन कार्यालयले नदीको बहाव बीचमा लगाउन मेशिन खोज्दा नभेटिएको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए । उनका अनुसार जिल्लाका जयपृथ्वी नगरपालिका, छबिसपाथीभेरा गाउँपालिका, थलारा गाउँपालिका, दुर्गाथली गाउँपालिका र केदारस्युँ गाउँपालिकाका नदी किनाराका बस्तीलाई सतर्क रहन अनुरोध गरिएको छ ।

File PIc

वि.सं.२०७८ असार ५ शनिवार १४:२५ मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...