back
CTIZAN AD

राप्रपाद्वारा केन्द्रिय निर्देशन तथा केन्द्रीय विशेष समिती गठन

वि.सं.२०७८ असार ५ शनिवार

729 

shares

५ असार, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको विधान तथा पार्टी एकीकरण सम्बन्धि आधारपत्र बमोजिम केन्द्रिय निर्देशन समिती र केन्द्रिय बिशेष समिती गठन गरेको छ ।

शुक्रबार तीनै अध्यक्षको उपस्थितमा सम्पन्न बैठकले यसअघि गठन गरिएको सचिवालय कार्य व्यवस्था समिति खारेज गर्दै केन्द्रिय निर्देशन समिती र केन्द्रिय बिशेष समिती गठन गरेको हो । समितिले बिधानको परिधीभित्र रहेर बैचारिक, साङ्गठानिक र अन्य महत्त्वपूर्ण बिषयमा पार्टीलाई मार्गदर्शन गर्ने अध्यक्ष कमल थापाले जानकारी दिए ।

निर्देशन समितिको बैठक नबसेको अवस्थामा निर्देशन समितिले गर्नुपर्ने निर्णयहरु केन्द्रीय समितिले गर्ने बताइएको छ । दुवै समितिमा पार्टीका संस्थापक अध्यक्ष तथा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द पदेन सदस्य रहने जनाइएको छ ।

अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको केन्द्रीय निर्देशन समितिमा अर्जुन राई, इन्द्र चित्रकार, श्रषिबाबु परियार, कृष्णप्रताप मल्ल, गीताभक्त जोशी, जगत गौचन, ठाकुर प्रसाद शर्मा, दिनेश श्रेष्ठ, दीपक बोहरा, धर्मराज बोहरा, धर्मराज जोशी, ध्रुवबहादुर प्रधान, निरञ्जन थापा, प्रेमबहादुर भण्डारी, विक्रम पाण्डे, बृद्धिमान तामाङ, भरत गिरी, मास्कर भद्रा, भुवन पाठक, मोहन प्रसाद यादव, राजीव पराजुली, राजेन्द्र लिङ्गदेन, राम थापा, रामचन्द्र राय, रामप्रसाद साह(भोला), लक्ष्मी प्रसाद संग्रौला, श्यामप्रसाद तिमिल्सिना, हेमजंग गुरुङ, उद्धव पौडेल, कुन्ती कुमारी शाही, गणेश शेरचन, चन्द्रबहादुर गुरुङ, जयन्त चन्द, तोरणबहादुर गुरुङ, दीपक बहादुर सिंह, दुर्गा श्रेष्ठ, धवल शमशेर राणा, नवराज सुवेदी, निलकण्ठ काफ्ले, बालाराम घर्तिमगर, विक्रमबहादर थााप, भक्तिप्रसाद सिटौला, भरतजंग उप्रेती, भिमप्रसाद गौचन, मुकुन्दश्याम गिरी, राजाराम श्रेष्ठ, राजेन्द्र गुरुङ, राजेन्द्र विर राय, रामकुमार सुब्बा, रामनरेश यादव, रोशन कार्की, शुसिलकुमार श्रेष्ठ र हरिबहादुर बस्नेत सदस्य रहेका छन् ।

त्यस्तै केन्द्रीय विशेष समितिमा अध्यक्षत्रयका साथै उद्धव पौडेल, गणेश शेरधन, ठाकुरपसाद शर्मा, दीपक बोहरा, नवराज सुवेदी, निलकण्ठ काफ्ले, विक्रमबहादुर थापा, भास्कर भद्रा, राजीव पराजुली, रामचन्द्र राय, शुसिलकुमार श्रेष्ठ, हरिबहादुर बस्नेत, जयन्त चन्द, तोरणबहादुर गुरुङ, ध्रुवबहादुर प्रधान, निरञ्जन थापा, विक्रम पाण्डे, बुद्धिमान तामाङ, भुवन पाठक, राजेन्द्र लिङ्गदेन, रोशन कार्की र श्यामप्रसाद तिमिल्सिना रहेका छन् ।

वि.सं.२०७८ असार ५ शनिवार १४:५९ मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...