back
CTIZAN AD

नमुना विद्यालय निर्माण बारे शिक्षक संगठनले थाल्यो बहस

वि.सं.२०७८ असार ५ शनिवार

4.2K 

shares

५ असार, काठमाडौँ । एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिले नमुना विद्यालय निर्माण बारे ३ दिने कार्यशालाको आयोजना गरेको छ ।

‘एक्काइसौं शताब्दीमा नमूना विद्यालय निर्माण’ विषयक तीन दिवसीय बृहत अनलाइन राष्ट्रिय कार्यशालाको पहिलो दिन संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

कार्यक्रममा संगठनका अध्यक्ष शङ्कर अधिकारीले विषय प्रवेश गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि सभामुख अग्नीप्रसाद सापकोटाले देशलाई बदल्ने मुख्य साधन चेतना भएको र त्यसको निर्माण शिक्षाबाट मात्र सम्भव भएको भनाई ब्यक्त गरे । उनले नमूना विद्यालय नेपालकै मोडेलमा हुनुपर्ने, जसको लागि दर्शन, विचार, सिद्धान्त दृष्टिकोण, मोडेल बनाउन पहिले आफै मोडेल बन्नु पर्ने र सोही बमोजिमको कार्यान्वयन पक्ष पनि हुनुपर्ने धारणा राखेका थिए ।

विशेष अतिथिको रुपमा रहेका पूर्वमन्त्री जनार्दन शर्मा, गंगाधर तुलाधर र गगन थापाले श्रम, सीप र उत्पादनलाई शिक्षासँग जोडेर लिनुपर्ने आवश्यक्ता नै समाजवादी शिक्षाको वर्तमान शैक्षिक सन्दर्भ भएकोले संगठनले राखेको यो कार्यक्रम निकै सान्दर्भिक भएको विचार राखेका थिए ।

शैक्षिक अभियन्ता श्रीमन्त भट्टराईले कार्यक्रम कार्यपत्र प्रस्तुत गरेका थिए भने शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले कार्यपत्रमाथि टिप्पणी र समीक्षा गरेका  थिए ।

त्यस्तै शिक्षा प्रवक्ता दिपक शर्माले हालका नमूना विद्यालयको स्थापनाका आधार, माडी नगर प्रमुख ठाकुरप्रसाद ढकालले नगरपालिकाले नमूना विद्यालय बनाउन नगर सरकारले गरेका प्रयासहरु, इमाडोल ललितपुर वि.व्य.स. अध्यक्ष विजय वानियाले नमूना विद्यालयको रुपरेखा र आफ्नो विद्यालयमा भएको कार्यान्वयन पक्ष, वाज्ञेश्वरी नमूना मा. विद्यालय भक्तपुरका कृष्णप्रसाद धाम्जाले विद्यालयको रुपरेखाको प्रस्तुतिकरण, नारायणी नमूना मा.वि चितवनका प्र.अ तथा नेपाल शिक्षक महासंघका वर्तमान का.वा. अध्यक्ष पूर्णप्रसाद दवाडीद्वारा नमूना विद्यालयको आवश्यक्ता, भौतिक, प्रशासनिक र शैक्षिक अवस्थाको व्यवस्थापनबारे प्रकाश पारेका थिए ।

वक्ताहरुले नेपाल सरकारले संचालित नमुना विद्यालयहरु श्रम सीप, उत्पादन, बजार र रोजगारसँग जोड्न नसकिएको अंग्रेजी भाषा र ग्रेड अंकका आधारमा नमुना विद्यालयको मान्यता दिइएको पहूँचको आधारमा नमुना विद्यालयहरु छनौट हुने प्रक्रिया बढेको, विद्यार्थी पहुँच विस्तारै कमजोर हुँदै जानुका साथै विद्यालयमा विभेदीकरण तिब्र रुपमा शुरुवात हुन थालेको बताएका थिए ।

कार्यक्रममा राज्य शिक्षाबाट भाग्न खोज्नुका साथै २० प्रतिशत पनि शिक्षामा लगानी नहुनु, उच्च स्तरीय शिक्षा आयोगका प्रतिवेदनहरु दराजमा थन्क्याइनु, संघीय शिक्षा ऐन ल्याउन अनिच्छा देखाउँदा शिक्षा क्षेत्रमा झनै विभेदीकरण नीतिगत रुपमै देखिएको र राज्य संविधानमा लेखिएको अनिवार्य र निःशुल्क शिक्षा कार्यान्वयन गर्नेभन्दा शिक्षामा बजारीकरण तर्फ लागेको बताएका थिए ।

कार्यक्रममा नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मी किशोर सुवेदीको पनि उपस्थिति रहेको थियो । संगठनका केन्द्रदेखि स्थानिय तहसम्मका प्रतिनिधिमूलक शिक्षक र विशेषत ः प्र.अ.हरुको सहभागिता थियो ।

संगठनका केन्द्रीय अध्यक्ष शंकर अधिकारीको अध्यक्षता, महासचिव निमबहादुर केसीको संचालन रहेको सो कार्यशालामा उपाध्यक्ष नानुमैया पराजुलीले स्वागत मन्तव्य राखेकी थिइन् ।

भोलि र पर्सि विहान ७.०० बजेबाट ११.३० सम्म हुने कार्यक्रममा पनि मोडेल नमूना मा. वि. मा हालसम्मका प्रयासबारे सातवटै प्रदेशबाट प्रस्तुतिकरण गरिने कार्यक्रम रहेको कुरा राख्दै अध्यक्षबाट समापन गरिएको थियो ।

(फोटो स्रोत : सन्तोष कोइराला र गणेशप्रसाद रिजालको वालबाट)

वि.सं.२०७८ असार ५ शनिवार १७:४२ मा प्रकाशित

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...