back
CTIZAN AD

बाग्लुङमा ‘हाइड्रोपोनिक’ प्रविधिबाट तरकारी खेती र माछापालन गर्दै

वि.सं.२०७८ असार ६ आइतवार

687 

shares

६ असार, बाग्लुङ । तलपट्टि सानो पोखरीमा माछा, माथि तरकारी बाली । खेती गर्न न माटो चाहिने न मल । त्यही पोखरीको पानीले तरकारी सिञ्चित गर्छ फेरि तल खस्छ । विद्युतीय प्रणालीमार्फत यो चक्र पूरा हुन्छ ।

बागलुङ नगरपालिका–३ रात्माटाका अगुवा किसान बैकुण्ठ सापकोटाले यसरी नै ‘हाइड्रोपोनिक’ प्रविधिबाट तरकारी खेती र माछापालन गरिरहेका छन् । सापकोटाले गाउँमा पहिलोपटक यो आधुनिक प्रविधिको सफल परीक्षण गरेका हुन् ।

उनका अनुसार यसलाई ‘माटोविहीन’ खेती पनि भनिन्छ । बिरुवालाई चाहिने सूक्ष्म खाद्यतत्व पानीका माध्यमबाट दिइन्छ । पोखरीको पानीलाई विद्युतीय मोटरमार्फत तानेर बाली लगाइएको ठाउँमा पुर्याइन्छ । सापकोटाले चार मिटर लामो र साढे दुई मिटर चौडाइसहितको संरचनामा माछापालन र तरकारी खेती गरेको बताए । “यो नमूना परीक्षण जस्तो पनि हो, सम्भवतः जिल्लामै यो प्रविधिबाट खेती गरिएको पहिलोपटक हुनुपर्छ”, उनले भने।

पोखरीमा तीन सय माउर माछाका भुरा हुर्किरहेका छन् भने माथिपट्टि प्याज । ‘हाइड्रोपोनिक’ प्रविधिबाट सानो जरा हुने तरकारी बाली मात्र लगाउन सकिने उनका भनाइ छ ।

प्याज, लसुन, धनियाँ, साग जस्ता तरकारी खेती त्यसमा फस्टाउँछ । सापकोटाले तरकारीका बाली लगाउन बाँस, प्लाष्टिक बोतल र गिलास प्रयोग गरेका छन् । “पोखरीको पानी मोटरले माथि तान्छ, त्यही पानी एकबाट अर्को हुँदै सबै बोतलमा पुग्छ र फेरि पोखरीमा खस्छ”, उनले भने ।

हरेक बोतलको बीचमा प्वाल पारेर त्यसमा प्लाष्टिकको गिलास राखी त्यसमै तरकारीको बिरुवा लगाउने गरिएको उनका भनाइ छ । बिरुवा लगाउँदा माटाको खाँचो पर्दैन । आफूलाई चाहिने खाद्यतत्व र पोषण बिरुवाले पानीबाटै लिन्छ । माछाको दिसाले गर्दा पोखरीको पानीमा सूक्ष्म खाद्यतत्व हुने सापकोटाले बताए ।

माछापालन नगरी तरकारी मात्रै लगाउँदा भने पानीमा बिरुवालाई चाहिने खाद्यतत्व मिसाउनुपर्ने हुन्छ । उनले माछापालन पनि गरेको भएर दुई÷तीन हप्तामा पोखरीको पानी फेर्दै आएका छन् । तरकारी मात्रै हुँदा त्यो झन्झट पनि हुँदैन ।

धेरै परिश्रम गर्न पनि नपर्ने र थोरै ठाउँ भए पनि हुने भएकाले पछिल्लो समय यस प्रविधिप्रति किसान आकर्षित हुन थालेका छन् । घरका छत र कौसीमा पनि यो खेती गर्न सकिन्छ । माटोमा भन्दा यस प्रविधिबाट गरिएको खेती छिटो र धेरै उब्जाउ हुने कृषि प्राविधिक बताउँछन् । ‘हाइड्रोपोनिक’ प्रविधि अपनाउँदा माटोजन्य रोगको पनि खतरा हुँदैन ।

विषादी र रसायनिक मल प्रयोग नभएका कारणले किसानले फलाउने तरकारी जैविक हुन्छ । उनी ‘हाइड्रोपोनिक’ प्रविधिबाट तरकारी खेतीको व्यावसायिक विस्तार गर्ने सोचमा छन् । माछापालन र तरकारी खेती दुवै गर्न सकिने भएकाले यसप्रति अन्य किसान पनि आकर्षित हुने देखिन्छ ।

व्यवसायी सापकोटाले माछापालनका लागि नगरपालिकाबाट रु आठ हजार अनुदानसमेत पाएको बताए । उनी विगत केही वर्षदेखि ‘सापकोटा कृषि फार्म’मार्फत व्यावसायिक पन्छीपालन र तरकारी खेतीमा सक्रिय छन् । फार्ममा आठ कुखुरा र दुई चरा प्रजातिका गरी दश थरी पन्छी छन् । दुईवटा ‘टनेल’मा तरकारी छ । कृषिमा श्रम–पसिना बगाउन नहिच्किचाउने उनी घरमै बसीबसी मनग्य कमाइ गर्छन् ।
रासस

वि.सं.२०७८ असार ६ आइतवार १५:१९ मा प्रकाशित

‘आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’

‘आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’

दाङ । दाङ प्रहरीले जिल्लाका विभिन्न स्थानमा गत साउन १६...

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

दमौली (तनहुँ) । जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको...

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक...

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी ।  विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या...

तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणमा ६२ प्रतिशत प्रगति

तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणमा ६२ प्रतिशत प्रगति

दमौली (तनहुँ) ।  तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको...

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

कास्की ।  पोखरा महानगरपालिकाले विद्युतीय ऊर्जाको प्रयोग बढाउने उद्देश्यका साथ...