back
CTIZAN AD

योगबाट कसरी हुन्छ सुदृढ प्रतिरक्षा प्रणाली ?

वि.सं.२०७८ असार ७ सोमवार

789 

shares

हामी मध्ये धेरै जनामा नाकबाट पानी बग्ने वा छ्यूँ आउने जस्ता समस्या हुन्छ । यस्ता लक्षणहरू, गलत समयमा निदाउने, रातको समयमा काम गर्ने, कार्यालयको अधिक काम, लगातार धेरै यात्रा, खानामा अनियमितता वा व्यक्तिगत र व्यवसायिक जीवनमा बढ्दो तनाव जस्ता कारणबाट उत्पन्न हुन्छन् भन्ने कुरा हामीले बुझ्नुपर्छ । अहिलेको समयमा तनावको उपचारात्मक र निरोधात्मक उपायका साथै रोग प्रतिरोध क्षमता बढाउन सहयोग गर्ने अभ्यासको बारेमा पनि ध्यान पु¥याउन आवश्यक छ ।

महर्षि पतञ्जलिका अनुसार, ‘हेयम दुःखम अनागतम’, अर्थात् योगको उद्देश्य दुःख आउनु भन्दा पहिले नै यसलाई निवारण गर्नु हो । सामान्यतया हामी कुनै व्यक्तिलाई तबसम्म बिरामी मान्दैनौं जबसम्म शरीरमा रोगका लक्षणहरू देखा पर्दैनन्, जबकि योगमा यो विश्वास गरिन्छ कि रोग हाम्रो अण्डमय कोषमा धेरै पहिले नै आउँछ । त्यसपछि यसले मनको अवस्था अर्थात् मनोमय कोषलाई प्रभावित गर्छ । अन्तमा रोगका लक्षणहरू शरीर अर्थात् अन्नमय कोषमा देखापर्न थाल्छन् । वास्तवमा रोगको पहिलो लक्षण हो – आनन्द, उत्साह, सकारात्मक उर्जा र आराम गर्ने हाम्रो क्षमतामा कमी । यो शरीर, मन र आत्मामा कम भएको सन्तुलन फिर्ता ल्याउनु पर्ने कुराको प्रारम्भिक संकेत हो । यस्तो समयमा हामीले हाम्रो शरीरमा प्राण अर्थात् जीवन ऊर्जा बढाउन र आसन, प्राणायाम र ध्यानको माध्यमबाट शरीरलाई विश्राम पनि दिनु पर्छ ।

योगलाई स्वभाविक रूपले शरीरमा प्रतिरोधात्मक क्षमता बढाउनका लागि सबैभन्दा प्रभावकारी उपाय मानिन्छ । केही समय अगाडि ‘बिहेभियोरल मेडिसिन’ पत्रिकामा प्रकाशित अनुसन्धानका अनुसार योगले हाम्रो प्रतिरोधक क्षमता बढाउन र शरीरमा हुने जलन कम गर्न सहयोग पु¥याउन सक्छ ।

योगको निरन्तर अभ्यासबाट तनाव उत्पन्न गर्ने हार्माेन प्रभावकारी रूपमा कम हुन्छ । यसले स्नायु प्रणाली र यो लिम्फेटिक प्रणाली(जो रोग प्रतिरोध प्रणालीको एक भाग हो) लाई सुदृढ बनाउँछ । यसले शरीरबाट विषाक्त तत्वहरू पनि हटाउँछ । दैनिक रुपमा गरिने योगका अभ्यासहरू मध्ये केहीले चिन्ता कम गर्नुको साथै मनलाई शान्त बनाउँछन्, जसले गर्दा निद्राको गुणस्तरमा सुधार आउँछ । राम्रो निद्रा आफैमा रोग निवारक हो र यसले स्वस्थ प्रतिरक्षा प्रणाली कायम राख्न पनि ठूलो योगदान गर्दछ ।

निरन्तर योग अभ्यासले राम्रो स्वास्थ्य लाभ हुन्छ । तर यो चिकित्सा उपचारको लागि विकल्प भने होइन् । यदि कुनै उपचार भैरहेको छ भने, डाक्टरको सल्लाह पछि र एक प्रशिक्षित श्री श्री योग शिक्षकको निरीक्षणमा योग अभ्यास गर्नु आवश्यक छ ।

कोविड १९ को संक्रमणबाट बच्नका लागि यहाँ केही योगाभ्यासका तरिकाहरू प्रस्तुत गरिएको छ, जसले हाम्रो प्रतिरोध क्षमता बढाउँछन् । श्री श्री योगविधिमा आसन, प्राणायाम र ध्यानका तरिकाहरू समावेश छन् । यसमा दिइएका आसनहरूलाई यी तीन प्रकारमा विभाजन गर्न सकिन्छ : जस्तै – अगाडि–पछाडि झुक्ने, अङ्गहरूलाई मोड्ने र छातीलाई फैलाउने ।

कुनै पनि अगाडि–पछाडि झुक्ने आसनले रगत प्रवाहलाई र लिम्फेटिक प्रणालीमा सुधार गर्दछ । यसको कारणले शरीरबाट विषाक्त पदार्थहरू बाहिर निस्कन्छन् जसले गर्दा प्रतिरक्षा प्रणाली सुदृढ हुन्छ । लिम्फेटिक प्रणालीको पहिलो कार्य प्रतिरक्षा सम्बन्धी रसायनलाई सम्पूर्ण शरीरमा प्रवाह गर्नु हो । यो एक प्रकारको तरल पदार्थ हो, जसमा संक्रमणसँग लड्ने सेतो रक्तकोषहरू हुन्छन् ।

गहिरो श्वास ५ देखि ७ पटक
भस्त्रिका – २० श्वासको दुई राउन्ड
बिरालो आसन
अर्ध चक्रसन (उभिएर पछाडि झुक्ने)
हस्तपादासन वा अर्ध उत्तानासना (उभिएर अगाडि झुक्ने र हातलाई घुँडा वा गोडाको औंलासम्म पु¥याउने)
त्रिकोणासन
अर्ध मत्स्येन्द्र आसन वा बक्रासन (बसेर आधा मेरुदण्ड पछाडि घुमाउने)
पश्चिमोत्तानासन (बसेर अगाडि झुक्ने)
शिसु आसन
भुजंगासन
धनुरासन
अधोमुख
श्वानासन
सेतुबन्ध आसन
सर्वंगासन (काँधको भरमा गोडाहरू माथि उठाउने)
मत्स्यासना
नटराज आसन (ढाडको भरमा पल्टेर मेरूदण्डलाई घुमाउने)
पवन मुक्तासन
योग निद्रा (विश्राम)
नाडीशोधन प्राणायाम – ५ मिनेट ध्यान (गुरुदेव श्री श्री रविशंकरद्वारा निर्देशित ‘पञ्चकोष’ ध्यान युट्यूबमा उपलब्ध छ) ।

यी आसनहरूले विशेष गरी हाम्रो स्नायु र फोक्सोमा कफ जम्मा हुन दिँदैन । यी अभ्यासहरू गर्दा मस्तिष्कमा रगत प्रवाहमा सुधारको कारण, स्वचालित रूपमा आराम र शान्तिको अनुभूति हुन्छ । हुनत यस्ता आसनबाट रक्तचाप बढी भएका व्यक्तिहरूले सतर्कता अपनाउनु पर्छ र उनीहरूले विशेषज्ञको निरीक्षणमा मात्र यस्ता अभ्यास गर्नुपर्छ । उभिएर अगाडि झुक्ने हस्त पादासन वा अद्र्ध उत्थानासन, कुकुरले जस्तै अगाडि झुक्ने अधोमुख स्वानासन, काँधको भरमा गोडा उठाउने सर्वाङ्ग आसन वा गोडाहरूलाई उठाउने विपरित करणी आसन जस्ता आसनहरूको अभ्यासबाट सम्पूर्ण शरीरमा रक्तप्रवाह सुधार गर्न मद्धत मिल्छ ।

पाचन प्रणालीले हाम्रो प्रतिरोध क्षमता बढाउनमा महत्वपूर्ण भूमिका खेल्छ । आयुर्वेदका अनुसार पाचन प्रणालीमा खराबी वा पाचन नलीको हेरचाह नगर्नाले शरीरमा अम्ल र कफ पैदा हुन्छ, जसले गर्दा मन प्रभावित हुनुको साथै फोक्सोमा कफ जम्मा हुन्छ । पेटलाई दबाउने र शरीरलाई मोड्ने केही आसनहरू अभ्यासमा समावेश गरेर हाम्रो पेट, आन्द्रा, मिर्गाैला र अन्य आन्तरिक अंगहरूमा रगतको प्रवाह बढाउन सक्छौं, पाचन प्रक्रिया राम्रो हुन्छ र त्यहाँबाट विषाक्त तत्वहरू बाहिर निस्किन्छ । बक्रासन वा मेरुदण्ड घुमाउने अर्ध मत्स्येन्द्र आसन, पल्टेर मेरूदण्ड घुमाउने नटराज आसन, शिशु आसन, पवन मुक्तासन र पश्चिमोत्सानबाट पाचन सम्बन्धी स्वास्थ्यमा फाइदा हुन्छ ।

छाती फैलाउने खालका आसनले फोक्सोमा छातीभित्रको खालि भाग र फोक्सोमा रक्त संचार बढाउन मद्धत गर्ने हुँदा यी आसनहरू धेरै फाइदाजनक हुन्छन् । मत्स्यासन, भुजंगासन, धनुरासन, उभिएर पछाडि फर्कने अर्ध चक्रसन जस्ता आसनहरू र सेतु बन्ध आसनहरूलाई दैनिक योग अभ्यासमा समावेश गर्न सकिन्छ ।

आसनहरूले शरीरलाई रोगबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्ने मात्र होइन योगका फाइदाहरू धेरै छन् । योगाभ्यासबाट हाम्रो अस्तित्वका सबै आयामहरूलाई नै फाइदा पुग्छ । श्वासप्रश्वासको अभ्यासले हाम्रो फोक्सो र सम्बन्धित श्वासप्रश्वासका अंगहरूलाई प्रभावित गर्दछ । यी महत्वपूर्ण अभ्यासले हामीलाई रोगहरूबाट जोगाउँछ र समग्र स्वास्थ्यलाई पोषण दिन्छ ।

प्राणायामले हाम्रो फोक्सोलाई श्वासप्रश्वास क्षमता बढाउन प्रशिक्षण मात्र दिँदैन, हाम्रो दिमागलाई शान्त र सकारात्मक बनाउने खालको ऊर्जाले पनि भरिदिन्छ । आर्ट अफ लिविङ्गको ह्याप्पीनेस प्रोग्राममा सिकाउने तीन स्तरीय प्राणायाम र भस्त्रिकाको अभ्यासले श्वासप्रश्वास प्रणालीलाई बलियो बनाउँदछ ।

नाडीशोधन प्राणायामले स्नायुहरूमा जम्मा भएको विकार हटाउँछ र नाकको भित्री भाग (साइनस)लाई सफा गर्दछ । शरीरलाई संक्रमणबाट बचाउने शरीरको पहिलो मार्ग हो, साइनस । यिनीहरूलाई सफा र स्वस्थ राख्दा बाहिरी संक्रमणबाट बच्न सकिन्छ ।

यहाँ जल नेती (नुनको पानीले नाकको नलीहरू सफा गर्ने) को बारेमा उल्लेख गर्नु आवश्यक छ । हालसालै गरिएको एक अध्ययनले पत्ता लगाएको छ कि जसले आफ्ना नाकका अंशहरू प्रत्येक दिन नुन पानीले सफा गर्दछन् उनीहरूमा चिसो लाग्ने समस्या तथा खोकी र एलर्जी उल्लेखनीय ह्रास आएको पाइयो ।

अन्ततः शारीरिक रुपमा मात्र नभई मानसिक र आत्माको स्तरमा पनि स्वस्थ रहनको लागि हामीले तनावको स्तरलाई घटाउनु पर्दछ । तनावले शरीरको प्राकृतिक रोग प्रतिरोधक क्षमतालाई नै कमजोर पार्छ ।

तनाव कम गर्ने सबैभन्दा सरल र प्रभावकारी तरीका हो, ध्यान । कैयौं अध्ययनहरूबाट देखिएको कुरा हो कि दिनमा २० मिनेटको ध्यान गर्नाले रगतमा कोर्टिसोलको स्तर घटाउँछ र एन्डोरफिनको स्तर बढाउँदछ । जसले गर्दा मन सकारात्मक र खुसी बन्छ ।

गुरुदेव श्री श्री रविशंकरले भने जस्तै ‘बलियो मनले कमजोर शरीरलाई सम्हाल्न सक्छ, तर कमजोर मनले बलियो शरीरलाई पनि सम्हाल्न सक्दैन’ ।

आज भाइरसका कारण संसार नै पीडित भइरहेका बेला प्रतिरोधात्मक क्षमता कायम राख्नको लागि आसन, ध्यान र प्राणायामलाई हाम्रो दैनिक जीवनको महत्वपूर्ण अंग बनाउन आवश्यक छ ।

निरन्तर योग अभ्यासले राम्रो स्वास्थ्य लाभ हुन्छ । तर यो चिकित्सा उपचारको लागि विकल्प भने होइन् । यदि कुनै उपचार भैरहेको छ भने, डाक्टरको सल्लाह पछि र एक प्रशिक्षित श्री श्री योग शिक्षकको निरीक्षणमा योग अभ्यास गर्नु आवश्यक छ ।

(लेखक कमलेश वरवाल, आर्ट अफ लिभिङ की अन्तर्राष्ट्रिय प्रशिक्षिका, श्री श्री योग कार्यक्रम की अन्तर्राष्ट्रिय प्रमुख, भारतीय योग संघको महासचिव तथा हिमाचल प्रदेशको आयुर्वेद विभागका योग सल्लाहकार हुन् ।)

वि.सं.२०७८ असार ७ सोमवार ०८:५१ मा प्रकाशित

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

पर्वत जिल्ला, महाशिला लुँखुका स्व गुप्तबहादुर मल्ल र श्रीमती सय...

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

भोजपुर, २३ जेठ – मलेसियामा करिब छ वर्ष रोजगारी गरेर फर्किएका...

कुर्सी मात्र होइन, मर्यादा पनि भाँचिएको त्यो संसद्

कुर्सी मात्र होइन, मर्यादा पनि भाँचिएको त्यो संसद्

फेरि नयाँ संसद भित्र धक्कामुक्का भयो।  युट्यूव तथ टेलिभिजन स्क्रिनमा...

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

पोल्याण्ड – विदेशी भूमिमा नेपाली सामानको ब्रान्ड बनाउन दशकौं संघर्ष गरेका...

न्युजिल्याण्डमा भित्रन्छन् वार्षिक ९ हजार नेपाली

न्युजिल्याण्डमा भित्रन्छन् वार्षिक ९ हजार नेपाली

न्युजिल्याण्डमा वर्षभरिमा कति नेपालीहरु आउंदा होलान ? अनुमान गर्न सक्नु...

श्रमिक कर्मचारीकाे  ट्रेड  युनियन  अधिकार र ट्रेड युनियन आन्दोलनको कार्य दिशा 

श्रमिक कर्मचारीकाे  ट्रेड  युनियन  अधिकार र ट्रेड युनियन आन्दोलनको कार्य दिशा 

ट्रेड युनियन  अधिकारका सन्दर्भमा :  वर्तमान सरकार गठन भएको १...