७ असार, काठमाडौँ । इटाली समूह ‘ए’ को विजेता बन्दैँ युरो २०२० को अन्तिम १६ मा पुगेको छ । यसअघि नै अन्तिम १६ मा पुगेको इटाली युरो कपमा लगातार तेस्रो जित हात पार्दै समूह विजेता बनेको हो ।
आईतबार राति सम्पन्न भएको खेलमा इटालीले वेल्सलाई १-० गोलले पराजित गर्दै तेस्रो जित हासिल गरेको हो ।खेलको ३९ औँ मिनेटमा पेसीनाले गोल गर्दै इटालीलाई जित दिलाएका थिए ।
ईटालीसँग पराजित भए पनि वेल्स समूहमा दोस्रो हुँदै अन्तिम १६ मा पुगेको छ ।
वि.सं.२०७८ असार ७ सोमवार ११:३४ मा प्रकाशित



























