back
CTIZAN AD

चैते धान भित्र्याउन नपाउँदा किसान समस्यामा

वि.सं.२०७८ असार ७ सोमवार

597 

shares

७ असार, भजनी । यतिबेला हुलाकी राजमार्गसँग जोडिएको कैलालीको भजनी नगरपालिका क्षेत्रमा लगाइएको चैते धानले किसानका खेत पहेँलै छन् ।

फागुन चैतमा रोपेको धान कतै किसानलाई भित्र्याउन चटारो छ भने कतै धान रोप्न, तर केही दिनदेखि परेको अविरल वर्षाका कारण डुबानको उच्च जोखिममा रहेको भजनी क्षेत्रमा धान भित्र्याउने समयमा डुबान हुने चिन्ता किसानमा देखिएको छ । बर्सातको समयमा हुने डुबानकै समस्याले किसानहरुले चैते धान रोप्न थालेको भए पनि यस वर्ष छिट्टै मनसुन शुरु हुँदा भजनीका किसानलाई समस्या भएको हो ।

लगातारको वर्षाले किसानहरुले लगाएको धानबाली खेतमै डुब्ने खतरा रहेको देखिएको छ । भजनी–८ का स्थानीयवासी तुलाराम काफ्लेले लगातार वर्षा हुँदा लगाएको धान बाली भित्र्याउन पाइँदैन कि भन्ने चिन्ता बढ्दै गएको बताए। “बर्सातको डुबानले बर्खे धान रोप्न वञ्चित हामीले रोपेको चैते धानलाई समेत भित्र्याउन मौसमले चुनौती दिइरहेको छ”, काफ्लेले भने, “केही अगाडि धान रोपेका किसानहरुले भित्र्याएको धान पनि सुकाउन नपाउँदा ढुसी पर्ने अवस्था छ ।”

त्यसैगरी भजनीका जयप्रसाद ढुङ्गानाले अधिकांश किसानले धान भित्र्याउन नपाएकाले मौसमले साथ नदिए किसानहरूलाई धान भित्र्याउन निकै चुनौती हुने बताए । “बर्सातले बाढीको जोखिम बढ्दै गएको छ । गहिरो ठाउँमा त बाढीले छोइसकेको अवस्था छ”, उनले भने, “बर्सातमा धान नरोप्ने किसानका लागि चैते धान राम्रो भएको थियो । यस्तै भए खाद्यान्न कमी हुने चिन्ता पनि केही किसानमा देखिन थालेको छ ।”

वडा नं ८ सुनाफाँटाका किसान राधा ढुङ्गानाले यस वर्ष करीब दुई बिघा क्षेत्रफलमा चैते धान खेती गरेको बताउँदै धान काट्ने अवस्था भए पनि मौसमका कारण भित्र्याउन नपाएको गुनासो गरिन् । “पाकेर तयार भएको धान समयमा घरमा भित्र्याउन हतार थियो ।

अहिले लगातार वर्षाले चैते भित्र्याउन नदिने हो कि भनेर डरले मन थाम्नै गाह्रो छ”, राधाले भनिन्, “तयारी भएको धान वर्षाअघि भित्र्याउनु पर्ने भएकाले हामी धान काट्न व्यस्त थियौँ । वर्षा हुन थालेपछि खेतमा पानी पसिसकेको छ ।”

भजनी–३ का चन्द्रबहादुर साउदले पनि लगाएको चैते धान भित्र्याउन पाएका छैनन् । आजभोलि भित्र्याउने तयारीमा रहेका साउदलाई पनि बर्सातले धान थन्क्याउन रोकेको छ । “केही धान भित्र्याउन सफल भएका थियौँ । बढीजसो खेतमै छ”, साउदले भने, “भित्र्याएको धान सुकाउन नपाएर ढुसी पर्न थालिसक्यो, खेतको धान पानीका कारण खेतमै कुहिन थालिसक्यो ।”

भजनीका अधिकांश किसानले चैते धान खेती लगाएका छन् । भजनी–१ देखि ९ सम्मका किसानले धानबाली बाढीले नोक्सान गर्ने भएकाले चैते धान बढी उत्पादन हुने भएका कारण फागुन चैतमा धान रोप्ने गरेका छन । यो धान बर्खे धानभन्दा बढी उत्पादन हुने भएकाले बर्सेनि किसानहरूमा चैते धानप्रति आकर्षण बढ्दै गएको पाइन्छ । यो वर्ष भजनीमा करीब ५०० बिघा क्षेत्रफलमा चैते धानको खेती भएको छ ।
रासस

वि.सं.२०७८ असार ७ सोमवार ११:२२ मा प्रकाशित

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...