७ असार, काठमाडौँ । नेपाल राष्ट्र बैंकले असार ८ गते देखि १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले ६ वर्ष अवधिको विकास ऋणपत्र २०८४ (च) नामको ऋणपत्र बिक्री गर्न लागेको हो ।
बोलकबोल प्रक्रियाबाट बिक्री हुने सो ऋणपत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था, गैर बैंक बित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्नेछ । यस ऋणपत्र धितो राखी कर्जा लिन र दिन पाइनेछ ।
उक्त ऋणपत्रको बोलकबोल भोलि असार ८ गते मंगलबार अपरान्ह ३ बजेसम्म हुनेछ । उक्त ऋणपत्रको व्याऋणपत्र यही असार ९ गते निष्काशन हुनेछ भने २०८४ असार ९ गते गते साँवा भुक्तानी हुनेछ । ब्जदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ ।

वि.सं.२०७८ असार ७ सोमवार १४:१८ मा प्रकाशित


























