७ जेठ, काठमाडौं । नेपालमा कोरोनाका नयाँ भेरियन्ट फेला परेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बैशाख २६ देखि २० गतेसम्म देशका विभिन्न भागहरुबाट विभिन्न उमेर समुहका व्यक्तिहरुबाट संकलित नमुनाहरुको छनौट गरी ४८ वटा नमुनाहरु भारतको एक प्रयोगशालामा परीक्षणका लागि पठाइएकोमा ४७ वटामा डेल्टा भेरिएन्टको (बि.१.६१७.२) पुष्टि भएको हो । साथै एउटा नमुनामा अल्फा भेरियन्ट (बि.१.१.७) पुष्टि भएको छ ।
त्यसैगरी डेल्टा भेरियन्ट पुष्टि भएका ४७ वटा नमुना मध्ये ९ वटा थप उत्परिवर्तन (के ४१७ एन) भेटिएको छ । जसलाई AY.1 नाम दिइएको छ । हाल यो म्युटेशन नेपालसहित संसारका १० भन्दा बढी राष्ट्रहरुमा पनि पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

वि.सं.२०७८ असार ७ सोमवार १४:४२ मा प्रकाशित






























