back
CTIZAN AD

सिन्धुपाल्चोक बाढीका कारण २९३ घरपरिवार विस्थापित, ४९४ घर जोखिममा,२१ अझै बेपत्ता

वि.सं.२०७८ असार ७ सोमवार

849 

shares

७ असार, काठमाडौं । असार १ गतेको अविरल वर्षापछि आएको बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिका लगायत विभिन्न स्थानका २९३ घर परिवार विस्थापित भएका छन् ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार उक्त बाढीका कारण ४९४ घर अझै पनि जोखिममा रहेका छन् । हालसम्म प्राप्त विवरण अनुसार हेलम्बुमा २०४ घरपरिवार विस्थापित भएका छन् भने १२० घर जोखिममा रहेका छन् । पाचपोखरी थाइपालमा ६५ घर परिवार विस्थापित भएका छन् भने ४ घर जोखिममा रहेका छन् ।

मेलम्चीमा २४ घरपरिवार विस्थापित भएका छन् भने २० घर जोखिममा, भोटेकोशीमा ३५० घर जोखीममा रहेका छन् ।

त्यसैगरी बेपत्ता भएका २२ जनामध्ये आइतबार पाचपोखरी थाइपाल गाउँपालिकाका ६३ वर्षीय टकुरी स्याङबोको शब फेला परेको छ । उनको शब रामेछाप खाँडादेवी गाउपलिका ४ पुछिघाटको सुनकोसी नदी किनारमा भेटिएको हो ।

यी हुन् भौतिक क्षतिको थप विवरण
जिल्ला प्रशासन कार्यालयले बाढीका कारण भएको भौतिक क्षतिको थप विवराण सार्वजनिक गरेको छ । कार्यालयका अनुसार पाचपोखरी थाइपालको ४ वटा घर, स्कुल तथा सरकारी कार्यालय क्षति भएका छन् । साथै ४ वटा झोलुङ्ग पुल, २ वटा पक्की पुल तथा अन्य तीनमा भौतिक क्षति । हेलम्बुमा ५६ पक्की घर (स्कुल, सरकारी कार्यालय समेत) गरी ८९, ६ वटा झोलुंगे पुल, ३ वटा पक्की पुल र अन्य १४ मा भौतिक क्षति भएको छ ।

त्यस्तै पछिल्लोपटक प्राप्त विवरण अनुसार मेलम्चीमा १ झोलुङ्गे पुल, एक पक्की पुल क्षति भएका छन् भने एक हाईड्रोमा पनि क्षति पुगेको छ ।

सिन्धुपाल्चोक बाढी अपडेटः यस्तो छ अहिलेसम्मको जनधनको क्षति विवरण

 

वि.सं.२०७८ असार ७ सोमवार १६:२७ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...