
१० असार, बेइजिङ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड ९१ लाख ९९ हजार २१ जना रहेका छन् ।
कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३८ लाख ८३ हजार ४८३ जनाको मृत्यु भएको छ ।
सो विश्वविद्यालयले जुन २२ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित पन्ध्र देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकको संख्या यसप्रकार रहेका छन् ।
देश सङ्क्रमितको संख्या कूल मृत्यु :
संयुक्त राज्य अमेरिका – तीन करोड ३५ लाख ६६ हजार ५२ छ लाख २ हजार ४६५
भारत – तीन करोड २८ हजार ७०९ तीन लाख ९० हजार ६६०
ब्राजिल – एक करोड ८० लाख ५४ हजार ६५३ पाँच लाख ४ हजार ७१७
फ्रान्स – ५८ लाख २१ हजार ७९७ एक लाख १० हजार ९९१
टर्की – ५३ लाख ८१ हजार ७३६ ४९ हजार २९३
रुस – ५३ लाख ६ हजार ६९ एक लाख २८ हजार ७१९
बेलायत – ४६ लाख ६८ हजार ४३ एक लाख २८ हजार २७२
अर्जेन्टिना – ४२ लाख ९८ हजार ७८२ ९० हजार २८१
इटाली – ४२ लाख ५४ हजार २९४ एक लाख २७ हजार ३२२
कोलम्बिया – ३९ लाख ९७ हजार २१ एक लाख १ हजार ३०२
स्पेन – ३७ लाख ६८ हजार ६९१ ८० हजार ७१९
जर्मनी – ३७ लाख ३१ हजार ५०२ ९० हजार ५५५
इरान – ३१ लाख १७ हजार ३३६ ८३ हजार २१७
पोल्याण्ड – २८ लाख ७९ हजार १९२ ७४ हजार ८९३
मेक्सिको – २४ लाख ८२ हजार ७८४ दुई लाख ३१ हजार ५०५
(रासस/सिन्ह्वा)
File Pic
वि.सं.२०७८ असार १० बिहीवार ०७:३७ मा प्रकाशित