back
CTIZAN AD

मिर्गौला बचाउन दैनिक जीवनमा यी कुरामा ध्यान दिनहोस्

वि.सं.२०७८ असार ११ शुक्रवार

789 

shares

११ असार, काठमाडौँ । अस्वस्थ जीवनशैलीले मिर्गौला रोग लाग्ने भएकाले स्वस्थ जीवनचर्या बिताउनुपर्नेमा जोड दिइएको छ । वाग्मती सफाइ महाअभियान र हामी साथ छौँ अभियानले बिहीबार बेलुकी जुम प्रविधिबाट आयोजना गरेको प्रवचन कार्यक्रममा राष्ट्रिय मृगौला रोग केन्द्रका प्रमुख प्रा डा ऋषिकुमार काफ्लेले ९० प्रतिशत मानिस मिर्गौला बिग्रिएपछि मात्र अस्पताल पुग्ने गरेको बताए ।

केन्द्रमा हाल दैनिक २५० मिर्गाैला रोगीको डाइलासिस हुने गरेको छ । यसैगरी ५० जनाको मिर्गौला परीक्षण हुन्छ । अमेरिकाको ‘स्ट्याण्डर्ड’ खानाले धेरै मानिस बिरामी हुने गरेको प्रसङ्ग उल्लेख गर्दै उनले खानामा साग सब्जीसहितको स्वस्थ चीजबीज उपभोग गर्नुपर्ने बताए ।

नेपालमा हाल तीन लाख मानिस मिर्गौला बिगारेर हिँड्ने गरको र तीन हजारको मिर्गौला फेल भएको केन्द्रले जनाएको छ । मिर्गौला रोगबाट बच्न शरीरमा पानीको व्यवस्थापन, उच्च रक्तचाप र मधुमेहलाई नियन्त्रण गर्नुपर्नेमा डा काफ्लेले जोड दिए ।

“मिर्गौला बिग्रिरहेका बेला कुनै लक्षण हुँदैन, अन्तिममा मात्र थाहा हुन्छ, मर्गौलामा समस्या भएपछि मुटु स्ट्रोकका कारण मानिस मर्छन्, दैनिक दुईदेखि तीन लिटर पिसाब आउने गरी पानी पिउनुस्, दिनमा १० हजार पाइला हिँड्नुस्, रातमा सात, आठ घण्टा सुत्नुस्, चुरोट, खैनी, जाँड, रक्सीले मिर्गौला बिगार्ने भएकाले यस्ता चीजबाट टाढा रहनुस्, मोटोपना, रक्तचाप भए घटाउने, मधुमेह ठीक राख्ने गरेमा मिर्गौला रोगबाट बच्न सकिन्छ”, उनले भने ।

स्वस्थ खाने, समयमा खाने, पेन किलर नखाने गर्नाले पनि मिर्गौला रोगबाट बच्न सकिन्छ । पिसाबबाट प्रोटिन गएको छ भने मिर्गौलामा समस्या छ भन्ने प्रमाणित हुने भएकाले सजग हुन आह्वान गरिएको छ । मिर्गौला बचाऔँ अभियानलाई रु एक दान गर्न डा काफ्लेले आह्वान गर्नुभयो । हाल काठमाडौँ महानगरपालिकाका ३२ वटै वडामा मिर्गौला जाँच हुने गरेको छ । पन्ध्र हजारको जाँच गर्दा ७०० लाई मिर्गौला रोग भेटिएको केन्द्रको अभिलेख छ ।

शरीरको टक्सिन निकाल्न गुर्जो उपयोगी

कार्यक्रममा निःशुल्क गुर्जोका बिरुवा र धुलो एवं चिया वितरण गर्दै आएका अभियानकर्मी कमलबहादुर राजलवटले गुर्जोको नियमित सेवनले रोग प्रतिरोधी क्षमता बढाउने बताए । गुर्जोले शरीरका टक्सिनलाई बाहिर निकाल्छ । गुर्जोको चिया र धुलो सेवन गर्नाले पाइल्स, आँखा, छालाको समस्या समाधान हुने गरेको छ । गुर्जो वात, पित्त, कफ त्रिदोष नाशक छ । प्राचीन कालदेखि नै औषधिका रूपमा उपयोग गरिँदै आएको गुर्जोले पाचनतन्त्र बलियो बनाउँछ । गुर्जोले बच्चा र वृद्धलाई जवान बनाउने एवं जवानलाई पहलमान बनाउने अभियानकर्मी राजलवट बताउँछन् ।

पाँच वर्षमुनिका बालबालिका र गर्भवती महिलाले भने गुर्जोका परिकार सेवन गर्नुहुँदैन । गुर्जोको बिरुवा रोपेको एक वर्षपछि परिपक्व बन्छ । एक वर्षमा गुर्जोको बिरुवामा सबै गुण आउँछ । विसं २०७६ चैतमा कोरोनाबाट बच्न बन्दाबन्दी गरिएदेखि यसबाट बनेको औषधि र बिरुवा निःशुल्क वितरण गर्दै आउनुभएका अभियानकर्मी राजलवटले त्यो अभियानलाई यस वर्ष पनि निरन्तरता दिनुभएको छ । गत वर्ष एक लाख ४० हजार गुर्जोका बिरुवा रोपणका लागि निःशुल्क वितरण गरिएको उनले बताए ।

कार्यक्रममा पूर्व मुख्यसचिव एवं प्रमुख अभियानकर्मी लीलामणि पौडेलले सफाइ महाअभियान आठौँ वर्ष पूरा गरी नवौँ वर्ष प्रवेश गरेको अवसरमा सात हप्ताअघिदेखि हामी साथ छौँ अभियानसँग मिलेर कोरोनाबाट बच्न आवश्यक जानकारी दिन प्रवचन कार्यक्रम आयोजना गरिएको बताए ।

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ महाअभियानले ५० औँ हप्ताका अवसरमा २०७१ वैशाख १ गते गुह्येश्वरीभन्दामाथिको वाग्मतीमा ढल मुक्त गरेर गुह्येश्वरीमा स्नान गरेकामा हाल पुनः प्रदूषित बनेको छ ।

नेपालमा अङ्ग दान गर्ने परम्परा विकास हुन नसकेको उल्लेख गर्दै पूर्व मुख्यसचिव पौडेलले आफूले देशमै पहिलोपटक छाला दान गरेको बताए । आगोबाट जलेकाका लागि छाला आवश्यक पर्ने गर्छ । आफू मुख्यसचिव भएकै बेला ‘ब्रेन डेथ क्राइटेरिया’को कानूनी व्यवस्था गरेको उहाँले ससनाए ब्रेन डेथ भएकाको छाला, मिर्गौला र कलेजो दान गर्न सकिने व्यवस्था छ ।

विकसित मुलुकमा ७५ प्रतिशत अङ्ग दानबाट पाइने गरेको छ । नेपालमा पनि अङ्गदान सबैभन्दा ठूलो दान हो भन्ने मान्यतालाई स्थापित गर्न अभियान चलाइनुपर्नेमा जोड दिइएको छ ।

अभियानकर्मी डा माला खरेलले महाअभियान र हामी साथमा छौँ अभियानको आयोजनामा साप्ताहिकरूपमा भइरहेको प्रवचनले धेरैलाई स्वस्थ जीवनयापनको सूत्र दिने भएकाले यसलाई निरन्तरता दिने बताइन् अभियानकर्मी राजकुमार भट्टराईले वाग्मतीबाट हालसम्म २० हजार टन फोहर व्यवस्थापन गरिएको बताइन् । सफाइ महाअभियानमा १२ लाख स्वयंसेवीले सफाइमा साथ दिएका छन् ।

वि.सं.२०७८ असार ११ शुक्रवार ०९:३४ मा प्रकाशित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

काठमाडाैँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

काठमाडौं । युरोपेली स्किनकेयर तथा व्यक्तिगत स्याहार (पर्सनल केयर) ब्रान्ड...