११ असार, काठमाडौँ । त्रिभुवन विश्वविधालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले ३/४ बर्षे स्नातक तह (बिज्ञान, ब्यबस्थापन, मानविकी र शिक्षा) संकायको पहिलाे तथा दोस्रो बर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालयले पहिलाे वर्षको नियमित, आर्शिक, मौका एवम् प्राइभेट(आशिंक) परीक्षा परीक्षा आगामी साउन ११ गते देखि हुने गरी तालिका सार्वजनिक गरेकाे छ ।
त्यसैगरी कोभिड १९ को दोस्रो लहरका कारण २०७८ वैशाख १३ देखिपछि स्थगित गरिएका दोस्रो वर्षको बाँकी रहेका बिषयकाे परीक्षाहरु पुनः संचालन हुने गरी परीक्षा कार्यक्रम सार्वजनिक गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । द्वितीय वर्षको परीक्षा साउन ५ गते देखि सुरु हुने छन् ।
कार्यालयले परीक्षार्थीले दिनुपर्ने विषय र कोड यकिन गरेर मात्र परीक्षा दिन सबै परीक्षार्थीहरुमा अनुरोध गरेको छ ।
त्रिवि स्नातक तह प्रथम वर्षको परीक्षा केन्द्रबारे केही दिन पछि प.नि.का. बाट सूचना प्रकाशित गरिने र स्नातक तह दोस्रो वर्षको बाँकी रहेका बिषयका परीक्षार्थीहरुको भने पुरानै परीक्षा केन्द्र रहने जनाइएको छ।
वि.सं.२०७८ असार ११ शुक्रवार ०९:३९ मा प्रकाशित
































