११ असार, काठमाडौं । नेकपा(माओवादी केन्द्र)बाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिहरु पदमुक्त भएका छन् ।
माओवादी केन्द्रबाट २०७४ को स्थानीय तहमा निर्वाचित ३ पालिका प्रमुख, ६ उपप्रमुख, १ नगर कार्यपालिका सदस्य, ४ जना वडाध्यक्ष नेकपा एमाले प्रवेश गरेकाले पदमुक्त भएका हुन ।
निर्वाचन आयोगले माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ निर्वाचित जनप्रतिनिधिहरुको पद रिक्त भएको जानकारी दिएको छ ।
माओवादी केन्द्रले दल परित्याग गरेर एमाले प्रवेश गरेका आफ्ना जनप्रतिनिधिको पद स्वत रिक्त हुने भनी उक्त पार्टीबाट उक्त पदहरु रिक्त भएको सूचना गरिदिन निर्वाचन आयोगलाई पत्र आएकाले सोही बमोजिम पद रिक्त भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगको असार ९ गतेको निर्णय अनुसार राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम २२ (२) र (३) बमोजिम माओवादी केन्द्रका १४ जनप्रतिनिधिको पद स्वत रिक्त भएको जनाएको हो ।
वि.सं.२०७८ असार ११ शुक्रवार १०:०७ मा प्रकाशित































