
११ असार, काठमाडौँ । पाकिस्तान सुपर लिग (पीएसएल) को उपाधि मुल्तान सुल्तान्सले जितेको छ । बिहीबार राति भएको फाइनलमा खेलमा पेशावर जाल्मीलाई ४७ रनले पराजित गर्दै सुल्तान्स उपाधि हात पारेको हो ।
फाइनल खेलमा टस हारेर पहिले ब्याटिङ्ग गरेको मुल्तान सुल्तान्सले २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनाएको थियो । मुल्तान सुल्तान्सका लागि ब्याटिङ्गमा सान मसुदले ३५ बलमा ६५ रनको विस्फोटक पारी खेलेका थिए भने पेशावरका लागि समीन गुलले उत्कृष्ट बलिङ्ग गर्दै २ विकेट लिएको थिए ।
२०७ रनको विशाल लक्ष्य पछाएको पेशावरले २० ओभरमा ९ विकेट गुमाएर १५९ रनमात्र बनाउन सक्यो । पेशावरका लागि शेयब मलिकले २८ बलमा ४८ रनको पारी खेले पनि टिमलाई जित भने दिलाउन सकेनन् । मुल्तान सुल्तान्सका लागि बलिङ्गमा इमरान ताहिरले सर्वाधिक ३ विकेट लिएका थिए ।
मुल्तान सुल्तान्सका लागि पाकिस्तान सुपर लिगको यो पहिलो उपाधि हो ।
वि.सं.२०७८ असार ११ शुक्रवार १०:५० मा प्रकाशित