back
CTIZAN AD

एटिएम मेसिन तोडफोड गरेको आरोपमा एक पक्राउ

वि.सं.२०७८ असार ११ शुक्रवार

570 

shares

११ असार, कञ्चनपुर । भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारको गल्ली नं ५ मा रहेको एनआइसी एशिया बैंकमा जडान गरिएको एटिएम मेसिन तोडफोड गरेको आरोपमा प्रहरीले बिहीबार साँझ एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा वेदकोट नगरपालिका–२ दैजीका १९ वर्षीय नरेन्द्रसिंह ठकुल्ला रहेका छन् । बुधबार राति ८ः३० बजे जाँदा एटिएम बैंकको मेसिन तोडफोड भएको अवस्थामा फेला परेको थियो ।

तत्कालै प्रहरीले बैंकमा जडान गरिएको सिसीटिभी क्यामेरामा कैद भएको फुटेजका आधारमा ठकुल्लालाई पक्राउ गरेको हो । पक्राउ परेका ठकुल्लामाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मोबाइल लुटपाट गर्ने दुई पक्राउ

मोबाइल लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । वेदकोट–७ गौजीका १८ वर्षीय भरत धामी र सोही ठाउँ बस्ने २० वर्षीय भरत हमाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दुवै जनाले भीमदत्त–६ का सुनिता सिंह र उनका श्रीमान् लक्ष्मण सिंह घुम्नका लागि बुधबार रौटेला मन्दिर गएका बेला उनीहरुका साथमा रहेको मोबाइल लुटपाट गरेका थिए ।

लागुऔषध मुद्दाका फरार दुई प्रतिवादी पक्राउ

भीमदत्त–८ तिलाचौरका ४८ वर्षीय लागुऔषध चरेसका फरार प्रतिवादी भानी (भानदेव) भट्टलाई प्रहरीले पक्राउ गरेको छ । घर ठेगानामै लुकीछिपी बसेका बेला प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक थापा क्षेत्रीका अनुसार पक्राउ परेका भट्टलाई जिल्ला अदालत कञ्चनपुरबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

यसैगरी लागुऔषध खैरो हिरोइन मुद्दामा वारदातमा संलग्न रही फरार रहेका दोधारा चाँदनी नगरपालिका–७ घर भई भीमदत्त–४ सब्जीमण्डी बस्ने ३२ वर्षीय बिजेन्द्र मल्ललाई प्रहरीले पक्राउ गरेको छ । भीमदत्त–४ मा लुकीछिपी बसिरहेका बेला मल्ललाई पक्राउ गरिएको हो । पक्राउ परेका मल्ललाई अदालतमा पेश गरी म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

जबर्जस्ती करणी गर्ने पक्राउ

शारीरिक फरक क्षमता भएकी २१ वर्षीय महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले वेदकोट–१० नयाँगाउँका अन्दाजी ४० वर्षीय चक्रबहादुर सार्कीलाई पक्राउ गरेको छ । घरमै लुकीछिपी बसेका बेला सार्कीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका सार्कीलाई बिहीबार जिल्ला अदालत कञ्चनपुरबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।
रासस

वि.सं.२०७८ असार ११ शुक्रवार ११:०६ मा प्रकाशित

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...