back
CTIZAN AD

लघुकथाः स्वाभीमानी कवि

वि.सं.२०७८ असार १२ शनिवार

774 

shares

कवि मेदनीकुमारको कविता नछापिएको पत्रिका कुनै पनि छैन । जुन पत्रिका देखे पनि उसले पत्रिकाको इमेल ठेगाना टिपेर आफ्नो कविता पठाउने गर्दथ्यो र उसले पठाएको कविता छापिन्थ्यो पनि । पूर्व मेचिदेखि पश्चिम महाकालीसम्मका साहित्यमा रुचि राख्नेहरुले उसले लेखेको कविता पढ्ने गर्दथे । उसको कवितामा समाजका लागि जीवन्त सन्देश हुने गर्छन् । उसको नाम पनि प्रख्यात हुंदै गयो । उसको पेशा भने सरकारको निजामती सेवाको जागिर थियो । एकपटक आफ्नो जिल्लाबाट देशको राजधानी काठमाडौंमा विशेष काम परेर ऊ आउँदा उसले काठमाडौंमा केही व्यक्तिसंग चिनाजानी ग¥यो । चिनाजानी गर्दा “तपाईको नाम त विभिन्न पत्रिकाहरुमा देख्न पाइरहन्छु” काठमाडौंको बासिन्दा टीकारामले भने ।

“मैले कविता लेखेर विभिन्न पत्रिकाहरुमा इमेल गरेर पठाइरहन्छु नि, मेरो कविता प्रायजसो सबै पत्रिकामा आइरहन्छ” कवि मेदनीकुमारले भने । “कविजी हुनु हुंदोरहेछ तपाई आज एउटा राम्रो कविता सुनाउनु प¥यो नि हामीलाई तपाईले” होटलमा चिया खादै गर्दा टीकारामले भने । “कविता जहाँ पायो त्यही सुनाउन मिल्दैन कविता सुनाउन कवि गोष्ठीको कार्यक्रम राख्नु अनि मात्रै सुनाउछु मैले आफ्नो एउटा कविता” कवि मेदनीकुमारले भने । “तपाईले अहिले नै एउटा कविता मलाई सुनाउनु भयो भने तपाईले खानु भएको चियाको पैसा मैले नै तिरिदिन्छु” टिकारामले भने ।

टीकारामले त्यसो भनेपछि त्यस होटलमा खान आएका अरु ग्राहकहरु हाँस्न थाले । ग्राहकहरु हाँसेको देखेपछि कवि मेदनीकुमारले “हामीले लेखेको रचनाको पनि मूल्य हुन्छ तपाईहरुलाई थाहा छैन ? कविता जहाँ पायो त्यही सुनाउन मिल्दैन, यो त्यति सस्तो छैन तपाईले अझैं बुझ्न सक्नु भएको छैन ? कविले हलुका आक्रोशका साथ अभिव्यक्ति पोखे । कविको स्वाभिमान युक्त कथन सुनेर टीकाराम अक्क न बक्क भए ।

arunkhatri2024@gmail.com

मोबाइल-९८४१७९७६६४
सामाखुसी मार्ग,काठमाडौं

वि.सं.२०७८ असार १२ शनिवार ०७:१६ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...