back
CTIZAN AD

सामाजिक सुरक्षा भत्ताबाट बञ्चितलाई ‘प्रिपेड कार्ड’

वि.सं.२०७८ असार १२ शनिवार

660 

shares

१२ असार, कञ्चनपुर । कृष्णपुर नगरपालिका १ निगालीका शारीरिक अपाङ्गता भएका लाली भुलले धेरै पटक नगरपालिका कार्यालयमा सामाजिक सुरक्षा भत्ताका लागि निवेदन दिए पनि भत्ताको रकम पाउन सकेका छैनन् ।

आवश्यक कागजात पुरयाउन नसक्दा उनी भत्ता पाउनबाट बञ्चित हुनु परेको हो । नगरपालिका कार्यालयबाट उपलव्ध हुने भत्ताको रकम नपाएकोमा भने उनी चिन्तित छैनन्। भुललाई निड्स कञ्चनपुरले प्रिपेड कार्ड उपलव्ध गराएको छ ।

कार्डबाट उनले आवश्यक सामान खरिद गर्दै आएका छन्। लत्ताकपडा, खाद्यान्न, औषधिलगायतका सामान खरिद गर्ने कार्यसँगै आवश्यक परेको बेला नगदसमेत कार्डका माध्यमबाट झिक्दै आएका छन् । “भत्ताका लागि नगरपालिका कार्यालयमा धेरै पटक पुग्दा कागजात नपुगको भनेर फर्काउने गरियो”, उनले भने, “घर खर्च चलाउन निकै असजिलो भएको अवस्थामा निड्सले सहयोग गरी गुन लगाएको छ ।”

सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित रहेका, प्रक्रियामा रहेका र कोभिडबाट प्रभावित, अपाङ्गता भएका, ज्येष्ठ नागरिक, एकल महिला, दलित पोषण भत्ताबाट बञ्चितलाई युके एडको आर्थिक सहयोगमा मर्सिकोर, प्लान इन्टरनेशनल र निड्सको साझेदारीमा सञ्चालित रेजिलियन्स प्लस अन्तर्गत आपतकालीन सहयोग कार्यक्रमका माध्यमबाट प्रिपेड कार्ड उपलव्ध गराइ भत्तावापतको रकम उपलव्ध गराइदै आएको छ ।

कार्यक्रम अन्र्तगत कृष्णपुर र दोधारा चाँदनी नगरपालिकाका लक्षित व्यक्तिलाई कार्ड दिइएको छ । कार्डबाट रु १३ हजार ५०० मूल्य बरावरको सामान खरिद गर्न सकिन्छ । त्यसका लागि सम्बन्धित ठाउका पसलमा कार्ड स्वीप गर्नका लागि मेसिनको समेत व्यवस्था गरिएको छ ।

कृष्णपुर नगरपालिकाका ४२० र दोधारा चाँदनीका ८८ जनालाई कार्ड उपलव्ध गराइएको निड्स कञ्चनपुरका निर्देशक भवराज रेग्मीले बताए । उनले भने, “रकम जुन उद्देश्यका लागि खर्च गर्न उपलव्ध गराएका छौं सोही प्रयोजनका लागि खर्च हुन्छ । कार्डको प्रयोगले दुरुपयोग हुन पाउँदैन ।” कञ्चनपुरका कृष्णपुर, दोधारा चाँदनी र कैलालीको चुरे गाउँपालिका र घोडाघोडी नगरपालिकामा यो कार्यक्रम सञ्चालनमा रहेको छ ।
रासस

वि.सं.२०७८ असार १२ शनिवार ०९:५७ मा प्रकाशित

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...