back
CTIZAN AD

लहान नगरपालिकाको बजेटः आँप पार्क निर्माणमा जोड

वि.सं.२०७८ असार १५ मंगलवार

687 

shares

१५ असार, लहान । सिरहाको लहान नगरपालिकाले आर्थिक वर्ष २०७८\०७९ का लागि कूल रु एक अर्ब ९४ करोड ४४ लाख १५ हजार ३९८ बजेट पारित गरेको छ ।

नगरसभाबाट पारित नीति तथा कार्यक्रमबारे जानकारी गराउने उद्देश्यले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख मुनी साहले कूल बजेटमध्ये चालुतर्फ रु ८२ करोड ३९ लाख ४० हजार र पुँजीगततर्फ रु एक अर्ब १२ करोड ४ लाख ७५ हजार ३५८ रहेको बताए ।

उनले आन्तरिक श्रोततर्फ रु ६२ करोड ११ लाख ८१ हजार, नगद आयतर्फ रु ४० करोड, सामानीकरण अनुदानतर्फ रु २२ करोड ३१ लाख, सशर्त अनुदान चालुतर्फ रु ३४ करोड ५२ लाख, सशर्त अनुदान पुँजीगततर्फ रु २ करोड २ लाख, विशेष अनुदान पुँजीगततर्फ रु २ करोड ८३ लाख, समपूरक अनुदान पुँजीगततर्फ रु १ करोड १४ लाख र राजस्व बाँडफाँडतर्फ रु १३ करोड ९६ लाख गरी कूल रु एक अर्ब ९४ करोड ४४ लाख १५ हजार ३९८ बजेट पारित भएको जानकारी दिए ।

बजेटमा नगरपालिकाको मुख्य बजारलाई कलर सिटी बनाउन रु एक करोड, कृषकलाई विद्युत् महसुल निःशुल्क गर्न रु ७० लाख, सार्वजनिक ऐलानी जग्गा नियन्त्रण, संरक्षण तथा विकासका लागि रु एक करोड, ज्येष्ठ नागरिक तथा एकल महिलाका लागि रु १० लाख, टोल विकास सुधार सञ्चालन परिचालनका लागि रु ३० लाख, उद्योग तथा कृषिमा आधारित युवा रोजगारका लागि रु २५ लाख र महिला उद्यम विकासका लागि रु १५ लाख विनियोजन भएको उनले बताए ।

यसैगरी आँपको राजधानीका रूपमा चिनिएको लहानको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउन ‘आँप पार्क’ निर्माण गर्ने नीति नगरपालिकाले लिएको छ ।

त्यस्तै एतिहासिक तथा धार्मिक पर्यटकीय पहिचान बोकेका सलहेश, राजदेवी, दिनाभद्री, ब्रहमान स्थान, देवीदहलगायत स्थानको संरक्षण, सम्वद्र्धन र विकासका लागि आवश्यक बजेट विनियोजन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमनन्द भुषालले जानकारी दिए ।

यसैगरी सिरहाको सुखीपुर नगरपालिकाले आर्थिक वर्ष २०७८\०७९ का लागि रु.४९ करोड ३३ लाख ६५ हजार बजेट पारित गरेको छ ।

वि.सं.२०७८ असार १५ मंगलवार ०७:५५ मा प्रकाशित

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

कृषिउपजको थोक मूल्य, कुन तरकारीको मूल्य प्रतिकेजी कति ?

कृषिउपजको थोक मूल्य, कुन तरकारीको मूल्य प्रतिकेजी कति ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

‘बर्डफ्लु’ नियन्त्रणका लागि आकस्मिक कार्य सुरु,१० जिल्लामा ५ लाख बढी कुखुरा नष्ट

‘बर्डफ्लु’ नियन्त्रणका लागि आकस्मिक कार्य सुरु,१० जिल्लामा ५ लाख बढी कुखुरा नष्ट

कीर्तिपुर (काठमाडौँ) । सरकारले बर्डफ्लु प्रभावित क्षेत्रमा रोग नियन्त्रण र...