back
CTIZAN AD

विमलेन्द्र, शशांक र प्रकाशमानको तेस्रो ‘लञ्च मिटिङ’, के नेताहरु सहमती नजिक हुन् ?

वि.सं.२०७८ असार १५ मंगलवार

870 

shares

असार १५, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच तेस्रो चरणको ‘लञ्च मिटिङ’ भएको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा नेतात्रयबीच तेस्रो चरणको लञ्च मिटिङ भएको हो ।

यसअघि असार ७ मा उपसभापति निधि निवास बानेश्वर र असार ११ मा महामन्त्री कोइराला निवास महाराजगञ्जमा तीन नेताबीच लञ्च मिटिङ्ग भएको थियो । नेताहरुबीच १४ औं महाधिवेशन केन्द्रित रहेर लञ्च मिटिङ्ग भएको हो ।

१४ औं महाधिवेशनको मिति तय भएसँगै कांग्रेसमा सम्भावित उम्मेदवारहरुले सक्रियता बढाईरहेका बेला मुख्य दुई पक्षमा खुल्दै आएका तीन नेताहरुको छलफललाई भने निकै अर्थपूर्णं रुपमा लिन सकिन्छ ।

पार्टी सभापति शेरबहादुर देउवा पुनः सभापतिमा दोहोरिने तयारी गरेसँगै दोस्रो तहका नेताहरु नयाँ समिकरण निर्माणका लागि अगाडि देखिएका हुन् । तीन नेताले नै सभापतिको दाबी गरिरहेका बेला तेस्रो चरणमा भएको छलफल निष्कर्ष उन्मुख बनेको देखिएको छ ।

यसअघि नेताहरुले आफुँहरुभित्रैबाट सहमतीमा एक जना उम्मेदवार बन्ने घोषणा सार्वजनिक रुपमै गरेका थिए । तीन नेताहरुको यो छलफललाई कांग्रेसको बलियो समिकरण निर्माणको सुरुवातको रुपमा हेरिएको छ ।

वि.सं.२०७८ असार १५ मंगलवार १३:३७ मा प्रकाशित

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...