back

विमलेन्द्र, शशांक र प्रकाशमानको तेस्रो ‘लञ्च मिटिङ’, के नेताहरु सहमती नजिक हुन् ?

वि.सं.२०७८ असार १५ मंगलवार

447 

shares
GLOBAL IME AD
NTC AD

असार १५, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच तेस्रो चरणको ‘लञ्च मिटिङ’ भएको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा नेतात्रयबीच तेस्रो चरणको लञ्च मिटिङ भएको हो ।

यसअघि असार ७ मा उपसभापति निधि निवास बानेश्वर र असार ११ मा महामन्त्री कोइराला निवास महाराजगञ्जमा तीन नेताबीच लञ्च मिटिङ्ग भएको थियो । नेताहरुबीच १४ औं महाधिवेशन केन्द्रित रहेर लञ्च मिटिङ्ग भएको हो ।

१४ औं महाधिवेशनको मिति तय भएसँगै कांग्रेसमा सम्भावित उम्मेदवारहरुले सक्रियता बढाईरहेका बेला मुख्य दुई पक्षमा खुल्दै आएका तीन नेताहरुको छलफललाई भने निकै अर्थपूर्णं रुपमा लिन सकिन्छ ।

पार्टी सभापति शेरबहादुर देउवा पुनः सभापतिमा दोहोरिने तयारी गरेसँगै दोस्रो तहका नेताहरु नयाँ समिकरण निर्माणका लागि अगाडि देखिएका हुन् । तीन नेताले नै सभापतिको दाबी गरिरहेका बेला तेस्रो चरणमा भएको छलफल निष्कर्ष उन्मुख बनेको देखिएको छ ।

यसअघि नेताहरुले आफुँहरुभित्रैबाट सहमतीमा एक जना उम्मेदवार बन्ने घोषणा सार्वजनिक रुपमै गरेका थिए । तीन नेताहरुको यो छलफललाई कांग्रेसको बलियो समिकरण निर्माणको सुरुवातको रुपमा हेरिएको छ ।

वि.सं.२०७८ असार १५ मंगलवार १३:३७ मा प्रकाशित

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

काठमाडौँ । लगानी र प्रतिफल सुनिश्चित भएमा भारतीय व्यापारिक घरानाले...

‘चिनजानका व्यक्तिबाट असुरक्षित छन् महिला र बालबालिका’

‘चिनजानका व्यक्तिबाट असुरक्षित छन् महिला र बालबालिका’

काठमाडौँ । महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसाका पीडक ९१...

बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह

बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका...

‘प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन’

‘प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन’

काभ्रेपलाञ्चोक । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सङ्घीय लोकतान्त्रिक...

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरूबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरूबीच भेटवार्ता

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादव र नेपालका लागि जापानका राजदूत...

लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन : गृहमन्त्री

लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन : गृहमन्त्री

लुम्बिनी । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुनै...