back

एमाले महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठक बालुवाटारमा जारी

वि.सं.२०७८ असार १६ बुधवार

354 

shares
GLOBAL IME AD
NTC AD

असार १६, काठमाडौं । नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । यो बैठकले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई खारेज गरी केन्द्रीय कमिटीमा रुपान्तरण गर्नेछ ।

सर्वोच्च अदालतको आदेश र माधवकुमार नेपाल पक्षको मागअनुसार आयोजक कमिटीलाई खारेज गर्न लागिएको हो ।

सर्वोच्च अदालतले ०७७ फागुन २३ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई बदर गर्दै एमाले र माओवादीलाई साबिक अवस्थामा फर्काएको थियो । सोअनुसार ब्यूँतिएको एमालेमा अध्यक्ष केपी शर्मा ओलीले भने एक पक्षीय रुपमा पार्टीभित्र निर्णयहरु गर्दै लगेका थिए ।

उनले माधव पक्षलाई पाखा पन्छाउँदै महाधिवेशनको मिति घोषणा गर्दै आयोजक कमिटीको निर्माण गरेका थिए । तर गत जेठ २७ मा अदालतले अन्तरिम आदेशमार्फत ओलीले गठन गरेको आयोजक कमिटीलाई अवैद्य भएको ठहर गरेको थियो ।

आयोजक कमिटीको बैठकलाई माधव नेपाल पक्षले भने बहिस्कार गरेको छ । माधव पक्षले आयोजक कमिटी खारेज गर्ने निर्णयलाई पनि शंकापूर्णं रुपमा हेरेको छ ।

वि.सं.२०७८ असार १६ बुधवार १४:०८ मा प्रकाशित

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

काठमाडौँ । लगानी र प्रतिफल सुनिश्चित भएमा भारतीय व्यापारिक घरानाले...

‘चिनजानका व्यक्तिबाट असुरक्षित छन् महिला र बालबालिका’

‘चिनजानका व्यक्तिबाट असुरक्षित छन् महिला र बालबालिका’

काठमाडौँ । महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसाका पीडक ९१...

बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह

बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका...

‘प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन’

‘प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन’

काभ्रेपलाञ्चोक । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सङ्घीय लोकतान्त्रिक...

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरूबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरूबीच भेटवार्ता

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादव र नेपालका लागि जापानका राजदूत...

लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन : गृहमन्त्री

लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन : गृहमन्त्री

लुम्बिनी । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुनै...