back
CTIZAN AD

माझखर्क र रिसिन चौतारीलाई केरा खेतीको पकेट क्षेत्र बनाइयो

वि.सं.२०७८ असार १६ बुधवार

570 

shares

१६ असार, म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ राममन्दिर, माझखर्क र रिसिन चौतारीलाई केरा खेतीको पकेट क्षेत्र बनाइएको छ ।

स्थानीय बासिन्दाले परम्परागत खाद्यबालीको विकल्पमा खेतबारीमा व्यावसायिक केरा खेती गरेका हुन् । गाउँपालिकाको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रममार्फत ३५ कृषकले व्यावसायिक रुपमा केरा खेती गरेका छन् ।

केरा पकेट विकास कार्यक्रमका सदस्य मुक्ति सुवेदीले थोरै लगानीमा छिटो आम्दानी गर्न सकिने, बजार नजीक र अन्य बालीको तुलनामा सजिलो भएकाले केरा खेतीको लहर चलेको बताए । “धान, कोदो, मकै, गहुँभन्दा केरा खेतीबाट चार÷पाँच गुणा बढी आम्दानी गर्न सकिन्छ”, उनले भने, “भूगोल र हावापानी अनुकूल भएकाले केरा खेतीमा लागेका हौँ ।” सो क्षेत्रमा यसअघि घरायसी प्रयोजनका लागि केरा खेती हुँदै आएको थियो ।

परीक्षणका लागि केही कृषकले धेरै सङ्ख्यामा लगाएको केराले उत्पादन र आम्दानी दिन थालेपछि अरू पनि आकर्षित भएका हुन् । गाउँभरि केरा खेती गरिएको छ । यसअघि रघुगङ्गा वडा नं २ र ३ मा केरा खेती गर्ने कृषकका दुई समूह थिए ।

दुईवटै समूहलाई एकीकृत गरेर केरा पकेट विकास कार्यक्रम शुरु गरिएको गाउँपालिकाका कृषि शाखा संयोजक मनोज सुवेदीले बताए। चालु आवमा गाउँपालिकाले रु सात लाख ५० हजार विनियोजन गरेको केरा पकेट कार्यक्रमलाई कृषकले पनि त्यति नै लगानी साझेदारी गरेका छन् ।

“एक सय रोपनीमा स्थानीय हजारी जातको केराका नयाँ बिरुवा रोप्ने कार्यक्रम अन्तिम चरणमा छ”, सुवेदीले भने, “कार्यक्रममार्फत उपकरण, मल, विषादीमा सघाएका छौँ ।” सिँचाइका लागि एक हजार पाँच सय मिटर पाइप खरीद गरेका समूहले पाँच हजार छ सय नयाँ केराका बिरुवा रोपेका छन् ।

दुई खाडल खन्ने उपकरण र पाँच यान्त्रिक हलोका साथै गोठमेल, रासायनिक मल, केराको बीउ खरीदमा अनुदान दिइएको छ । एक कृषकले एक सय देखि पाँच सय केराका बिरुवा रोपेका छन् ।

कृषकको आयआर्जन वृद्धि र जीवनस्तर सुधारका लागि राममन्दिरलाई केरा खेतीको पकेट क्षेत्रका रुपमा विकास गर्न लागिएको वडा नं २ का वडाध्यक्ष रीम कटुवालले बताए ।
रासस

वि.सं.२०७८ असार १६ बुधवार १३:५४ मा प्रकाशित

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–२ रुमका महिलाले जङ्गलमा खेर जाने...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...