back

माझखर्क र रिसिन चौतारीलाई केरा खेतीको पकेट क्षेत्र बनाइयो

वि.सं.२०७८ असार १६ बुधवार

318 

shares
GLOBAL IME AD
NTC AD

१६ असार, म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ राममन्दिर, माझखर्क र रिसिन चौतारीलाई केरा खेतीको पकेट क्षेत्र बनाइएको छ ।

स्थानीय बासिन्दाले परम्परागत खाद्यबालीको विकल्पमा खेतबारीमा व्यावसायिक केरा खेती गरेका हुन् । गाउँपालिकाको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रममार्फत ३५ कृषकले व्यावसायिक रुपमा केरा खेती गरेका छन् ।

केरा पकेट विकास कार्यक्रमका सदस्य मुक्ति सुवेदीले थोरै लगानीमा छिटो आम्दानी गर्न सकिने, बजार नजीक र अन्य बालीको तुलनामा सजिलो भएकाले केरा खेतीको लहर चलेको बताए । “धान, कोदो, मकै, गहुँभन्दा केरा खेतीबाट चार÷पाँच गुणा बढी आम्दानी गर्न सकिन्छ”, उनले भने, “भूगोल र हावापानी अनुकूल भएकाले केरा खेतीमा लागेका हौँ ।” सो क्षेत्रमा यसअघि घरायसी प्रयोजनका लागि केरा खेती हुँदै आएको थियो ।

परीक्षणका लागि केही कृषकले धेरै सङ्ख्यामा लगाएको केराले उत्पादन र आम्दानी दिन थालेपछि अरू पनि आकर्षित भएका हुन् । गाउँभरि केरा खेती गरिएको छ । यसअघि रघुगङ्गा वडा नं २ र ३ मा केरा खेती गर्ने कृषकका दुई समूह थिए ।

दुईवटै समूहलाई एकीकृत गरेर केरा पकेट विकास कार्यक्रम शुरु गरिएको गाउँपालिकाका कृषि शाखा संयोजक मनोज सुवेदीले बताए। चालु आवमा गाउँपालिकाले रु सात लाख ५० हजार विनियोजन गरेको केरा पकेट कार्यक्रमलाई कृषकले पनि त्यति नै लगानी साझेदारी गरेका छन् ।

“एक सय रोपनीमा स्थानीय हजारी जातको केराका नयाँ बिरुवा रोप्ने कार्यक्रम अन्तिम चरणमा छ”, सुवेदीले भने, “कार्यक्रममार्फत उपकरण, मल, विषादीमा सघाएका छौँ ।” सिँचाइका लागि एक हजार पाँच सय मिटर पाइप खरीद गरेका समूहले पाँच हजार छ सय नयाँ केराका बिरुवा रोपेका छन् ।

दुई खाडल खन्ने उपकरण र पाँच यान्त्रिक हलोका साथै गोठमेल, रासायनिक मल, केराको बीउ खरीदमा अनुदान दिइएको छ । एक कृषकले एक सय देखि पाँच सय केराका बिरुवा रोपेका छन् ।

कृषकको आयआर्जन वृद्धि र जीवनस्तर सुधारका लागि राममन्दिरलाई केरा खेतीको पकेट क्षेत्रका रुपमा विकास गर्न लागिएको वडा नं २ का वडाध्यक्ष रीम कटुवालले बताए ।
रासस

वि.सं.२०७८ असार १६ बुधवार १३:५४ मा प्रकाशित

सुन्तलाको जुस बनाएर अतिरिक्त आम्दानी गर्दै तिलिजा दम्पती

सुन्तलाको जुस बनाएर अतिरिक्त आम्दानी गर्दै तिलिजा दम्पती

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ घरापका किसानले बिक्री नहुने साना...

करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर एक जनाको मृत्यु

गोरखा । जिल्लाको आरुघाट गाउँपालिका–६ स्थित कल्लेरीका २७ वर्षीय हरि...

मुस्ताङमा लेक लागेर ११ पर्यटकको मृत्यु

मुस्ताङमा लेक लागेर ११ पर्यटकको मृत्यु

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा लेक लागेर एक वर्षको अवधिमा...

लामो समयपछि भएको हिमपात र वर्षाले किसानलाई राहत

लामो समयपछि भएको हिमपात र वर्षाले किसानलाई राहत

बेनी (म्याग्दी) । जिल्लाका हिमपात र हिउँदे वर्षा भएको छ...

मनाङ र चीनको सिमानामा सशस्त्रको ’बिओपी’ राखिने

मनाङ र चीनको सिमानामा सशस्त्रको ’बिओपी’ राखिने

मनाङ । हिमाली जिल्ला मनाङ र चीनको सिमानामा बोर्डर आउट...

लुम्बिनी विश्व शान्ति पर्यटनको केन्द्र : मन्त्री पाण्डे

लुम्बिनी विश्व शान्ति पर्यटनको केन्द्र : मन्त्री पाण्डे

लुम्बिनी । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेयले लुम्बिनी...