back
CTIZAN AD

पार्टीलाई एकताबद्ध बनाउन वामदेवलाई ओलिको आग्रह

वि.सं.२०७८ असार १८ शुक्रवार

702 

shares

१८ असार, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध बनाउन उपाध्यक्ष वामदेव गौतमलाई आग्रह गरेका छन् । शुक्रबारको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले उपाध्यक्ष गौतमलाई विशेष भूमिका निर्वाह गर्न पनि आग्रह गरेका हुन् ।

ओलीको कदमको चर्को आलोचना गर्दै आएका नेता गौतम शुक्रबारको बैठकमा सहभागी भएका थिए ।  अध्यक्ष ओलीले एकताका लागि भूमिका खेल्न गरेको आग्रहमा नेता गौतमले मुख्य नेताहरुलाई अपमान गरेर पार्टी एकता नरहने बताएका थिए । उनले माधव नेपालसहितका नेताहरुलाई नसमेटि एमाले एकता नहुने भन्दै म्ख्य नेताको सम्मानजनक व्यवहार गरिनुपर्ने धारणा राखेका थिए ।

गौतमले एमाले आधा–आधाको अवस्थामा रहेको भन्दै पार्टी एकता नगरे सकिने पनि बताएका थिए । विवाद समाधानका लागि गठन गरिएको कार्यदललाई बीचमै भंग गरिएको प्रति गौतमले आपत्तिसमेत जनाएका थिए ।

खनाल–नेपाल समूहका २३ निवर्तमान सांसद्ले विपक्षी गठनबन्धनमा सामेल हुँदै प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा हस्ताक्षर गरेका छन् । पार्टीका कुनै खेमामा नहरेका नेता गौतम भने बैठकमा उपस्थित भएर आफ्नो भनाइ राखेका थिए ।

वि.सं.२०७८ असार १८ शुक्रवार २०:०४ मा प्रकाशित

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...