back
CTIZAN AD

सुदूरपश्चिममा आन्तरिक हवाइ उडान पुनः सञ्चालन

वि.सं.२०७८ असार १९ शनिवार

669 

shares

१९ असार, डोटी । कोरोनाका कारण बन्द भएका आन्तरिक उडानहरु यही असार १७ गतेबाट पुनः सञ्चालन भएसँगै सुदूरपश्चिममा पनि आन्तरिक हवाइ उडान शुरु हुने भएको छ ।

कोरोना महामारीका कारण कम्तिमा तीन महिनादेखि उडान बन्द भएको दिपायल–धनगढी हवाई उडान यही असार २२ गतेबाट पुनः सञ्चालन हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । दिपायल–धनगढी हप्ताको दुई दिन मङ्गलबार तथा शुक्रबार समिट एअरले उडान भर्ने तालीका तयार गरी हवाई उडान पुनः सञ्चालनका लागि तयारी गरेको दिपायल विमानस्थल कार्यालयले जनाएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञाका कारण यहाँका डोटीको दिपायलसहितका अन्य जिल्लाहरु बझाङ, अछाम र बैतडीका आन्तरिक हवाई उडान बन्द भएका थिए । सरकारले निषेधाज्ञा खुकुलो गरेसँगै यहाँका पहाडी जिल्लाहरुमा धनगढी विमानस्थलबाट हवाई उडान सञ्चालन हुन लागेको हो ।
रासस

वि.सं.२०७८ असार १९ शनिवार १६:१४ मा प्रकाशित

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...