२० असार, काठमाडौँ । बंगलादेशले नेपाली विद्यार्थीका लागि भिषा शुल्क घटाएको छ ।
१ जुलाईबाट लागू हुने गरी नेपाली विद्यार्थीका लागि भिसाा शुल्क घटाइएको जानकारी नेपालस्थित बंगलादेश दूतावासले दिएको छ ।
बंगलादेशले अन्य देशको तुलनामा नेपाली विद्यार्थीलाई लिने गरेको भिसा शुल्क घटाउन माग गर्दै गतवर्ष विश्वव्यापी नेपाली विद्यार्थी संगठन ९वोन्सो० बंगलादेशले ढाकास्थित नेपाली दूतावासलाई पत्र बुझाएको थियो ।
अन्य देशका लागि लगाएको भन्दा नेपाली विद्यार्थीलाई लगाइएको भिषा शुल्क १० गुना महँगो भएको भन्दै कम गराउन आग्रह गरिएको थियो ।
ध्यानाकर्षण पत्रमा विश्वव्यापी कोरोना भाइरसका कारण बंगलादेशमा अध्ययनरत धेरै नेपालीहरु स्वेदश फर्किएको र नेपाल सरकारले लगाएको बन्दाबन्दीका कारण धेरैको भिषा मिति सकिएको हुँदा उनीहरुको नविकरण गर्नुपर्ने अवस्था आएको बताउँदै तर नेपाली विद्यार्थीको भिषा नविकरण महँगो भएको भन्दै घटाउन अनुरोध गरिएको थियो ।
वोन्सो बंगलादेशका संस्थापक अध्यक्ष तथा हालका सल्लाहकार डा. राकेश साहले वोन्सोले धेरै नै पहल गरेको बताउँदै थोरै भएपनि पनि भिसाा शुल्क घटाएकोमा धन्यवाद व्यक्त गरेका छन् । अर्झै पनि महँगो नै भएपनि केही राहत मिलेको उनले बताए ।
वि.सं.२०७८ असार २० आइतवार १३:४६ मा प्रकाशित





























