२१ असार, काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीका २३ सांसदले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता गर्न दिएको अल्टिमेटम आज सकिँदैछ ।
गत शुक्रबार बसेको केन्द्रीय समिति बैठकमार्फत अध्यक्ष ओलीले असार २१ गते सोमबार बेलुका ५ बजेसम्मको दिएकौ अल्टिमेटम आज सकिन लागेको हो ।
अध्यक्ष ओलीले पार्टी एकताका लागि मुख्य पूर्वशर्तका रुपमा हस्ताक्षर फिर्ता लिनुपर्नै अडान प्रस्तावका रुपमा राखैका छन् र उनलै हस्ताक्षर फिर्ता नलिए उनीहरुलाई कारवाही गर्नै चैतावनी दिएका छन् ।
ओलीको अल्टिमेटममा माधव पक्षले हस्ताक्षर फिर्ता नगर्ने जवाफ दिइसकेको छ । माधव पक्षलै शर्त ०७५ जेठ २ को अवस्थामा पार्टी संरचनालाई पुर्याएको घोषणा गर्नुपर्ने भन्ने अडान राख्दै आएको छ । माधव पक्षले हस्ताक्षर फिर्ताको सम्भावना नरहेको भन्दै अदालती फैसलालाई स्वीकार्नुपर्ने बताईरहेको छ ।
माधव पक्षले प्रतिनिधि सभा विघटन र हस्ताक्षरको विषय पार्टी एकताबीच सम्बन्ध नरहेको बताउँदै आएको छ । शनिबार भएको फोन संवादमा पनि नेता नेपालले विचाराधीन मुद्दामा संलग्न हस्ताक्षर फिर्ता लिन नसकिने स्पष्ट पारेका थिए ।
दुवै पक्षको अडान र अख्तियार गरेका रणनीतिलाई हेर्दा एमाले एकताको सम्भावना टरेको देखिन्छ । अदालतको फैसलालगत्तै एमालेमा औपचारिक विभाजनको घोषणा हुने धेरैको बुझाई छ ।
काँग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै गरिएको हस्ताक्षरमा माधव नेपाल पक्षका २३ सांसदले हस्ताक्षर गरेका छन् ।
वि.सं.२०७८ असार २१ सोमवार ०८:५४ मा प्रकाशित






























