२१ असार, काठमाडौं । कोरोना संक्रमणबाट बागमती प्रदेशमा आइतबार काठमाडौंका ४ सहित ७ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काठमाडौंका ६२, ७० र ७६ वर्षीय ३ पुरुष र ६९ वर्षीया १ महिला गरी ४ जना रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।त्यस्तै काभ्रे पलान्चोककी ७१ वर्षीया महिला, धादिङका ७२ वर्षीय र चितवनका ५९ वर्षीय २ पुरुष गरेर ७ जनाको मृत्यु भएको हो । आइतबार थपिएका ७ जनासँगै प्रदेशमा हालसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ३८७६ पुगेको छ ।
त्यस्तै प्रदेशमा आइतबार पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको ४६०१ नमुना परीक्षणमा ६७२ जनामा संक्रमण पुष्टि भएको छ । ती मध्ये बढी संक्रमित भेटिने जिल्लामा काठमाडौं, ललितपुर र नुवाकोट रहेका छन् । आइतबार थपिएका ६७२ जनासँगै प्रदेशमा हालसम्म संक्रमितको संख्या ३ लाख ४५ हजार ४२५ पुगेको छ । ती मध्ये निको हुनेको संख्या ३ लाख ३२ हजार ९८९ पुगेको छ ।
त्यस्तै प्रदेशमा हाल आइसीयुमा २४८ जना र भेन्टिलेटरमा ९४ जनाको उपचार भइरहेको छ ।
वि.सं.२०७८ असार २१ सोमवार ०९:०१ मा प्रकाशित






























