back
CTIZAN AD

एमालेको कार्यदल ब्यूँत्याईयो, सिंहदरबारमा बैठक

वि.सं.२०७८ असार २१ सोमवार

726 

shares

२१ असार, काठमाडौं । नेकपा एमालेको जेठ २ गतेको कार्यदल पुनः ब्यूँत्याईएको छ ।
पार्टी एकता जोगाउन जेठ २ गते गठित कार्यदललाई पुनः ब्यूँत्याईएको हो । सोहि कार्यदलको बैठक सिंहदरबारस्थित अर्थमन्त्रालयमा बसिरहेको बताइएको छ ।

पार्टी एकताका लागि जेठ २ गते गठित उक्त कार्यदलमा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङको संयोजकत्वमा गठित उक्त कार्य दलको सदस्यहरुमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् भने वरिष्ठ नेता माधव कुमार नेपालका तर्फबाट कार्यदलमा भिम रावलको संयोजकत्वमा सुरेन्द्र भुसाल, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त सदस्य रहेका छन् ।

पार्टी एकताका लागि जेठ २ मा कार्यदल गठन गरिए पनि ६ जेठपछि बस्न नसकेको उक्त कार्यदलको यो बैठक तेस्रो हो ।

आइतबार राति प्रधानमन्त्री ओली र माधवपक्ष कार्यदलका संयोजक भिम रावलवीच भएको टेलिफोन वार्तामा उपाध्यक्ष रावलले कार्यदल व्युँत्याउन सुझाव दिएको बताइएको छ ।

वि.सं.२०७८ असार २१ सोमवार १९:२३ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...