back
CTIZAN AD

पेरूलाई पराजित गर्दै ब्राजिल कोपा अमेरिकाको फाइनलमा

वि.सं.२०७८ असार २२ मंगलवार

579 

shares

२२ असार, काठमाडौँ । साविक विजेता ब्राजिल कोपा अमेरिका २०२१ को फाइनलमा पुगेको छ । मंगलबार विहान सम्पन्न पहिलो सेमिफाइनल खेलमा पेरूलाई १-० गोलले पराजित गर्दै ब्राजिल फाइनलमा प्रवेश गरेको हो ।

ब्राजिलको जितमा लुकास पाक्युटा एक मात्र गोल गरेका थिए । उनले खेलको ३५ मिनेटमा गोल गर्दै पाक्युटाले ब्राजिललाई अग्रता दिलाएका थिए । नेइमारले उपलब्ध गराएको पासमा उनले पेनाल्टी बक्सबाट गोल गरेका थिए।

अब उपाधिका लागि ब्राजिलले अर्जेन्टिना र कोलम्बिया बिचको विजेतासँग खेल्ने छ । कोलम्बिया र अर्जेन्टिना बीचको दोस्रो सेमिफाइनल बुधबार विहान हुनेछ।

वि.सं.२०७८ असार २२ मंगलवार १२:१७ मा प्रकाशित