back
CTIZAN AD

कांग्रेसका महामन्त्री कोइरालाद्वारा कुँवरप्रति श्रद्धाञ्जलि व्यक्त

वि.सं.२०७८ असार २२ मंगलवार

504 

shares

२२ असार, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाल ट्रेड युनियन कांग्रेसका सल्लाहकार रामजी कुँवरप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

युनियनका पूर्ववरिष्ठ उपाध्यक्षसमेत रहेका कुँवरको सोमबार साँझ ६५ वर्षको उमेरमा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको थियो । शुरुमा कोरोना सङ्क्रमण देखिए पनि पछिल्लो समय उनका कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।

ट्रेड युनियन कांग्रेसको केन्द्रीय कार्यालय अनामनगमा आज बिहान पुगेर महामन्त्री कोइरालालगायत कांग्रेसका नेताहरुले कुँवरप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हुन् ।

आज बिहान ८ः३० देखि १० बजेसम्म केन्द्रीय कार्यालयमा राखिएको श्रद्धाञ्जलि कार्यक्रममा महामन्त्री कोइरालासहित पूर्वमहामन्त्री प्रकाशमान सिंह, सहमहामन्त्री सुनिलबहादुर थापा, केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, डा मीनेन्द्र रिजाल, गगनकुमार थापा, बद्री पाण्डे, प्रधानमन्त्रीका प्रमुख राजनीति सल्ल्लाहकार विष्णु रिमाल, नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य एवम् संयुक्त टे«ड युनियन समन्वय केन्द्रका अध्यक्ष जगत सिंखडा, कांग्रेस कास्कीका सभापति कृष्ण केसीलगायतले श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

यसैबीच, सोमबारै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य डा शेखर कोइरालाले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर स्व कुँवरको परिवारजनमा समवेदना प्रकट गरेका थिए। लामो समयदेखि नेपालको ट्रेड युनियन आन्दोलनमा होमिएका स्व कुँवर विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिका प्रमुखको प्रत्याशी थिए ।

उनी कांग्रेसको १२औँ महाधिवेशनपछि पार्टीको आमन्त्रित केन्द्रीय सदस्य बनेका थिए । स्व कुँवरको शवलाई अन्त्येष्टिका लागि गृहजिल्ला कास्की लगिएको छ ।

यसैबीच, नेपाल ट्रेड युनियन कांग्रेसको आज बसेको आकस्मिक बैठकले कुँवरको निधनले नेपालको प्रजातान्त्रिक र श्रमिक आन्दोलनमा ठूलो क्षति पुगेको बताएको छ । बैठकले कुँवरको निधनप्रति केन्द्रीय कार्यालयसहित सम्पूर्ण जिल्ला कार्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको उपाध्यक्ष अजयकुमार राईले राससलाई जानकारी दिए ।

वि.सं.२०७८ असार २२ मंगलवार १६:४६ मा प्रकाशित

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...

पर्सामा एक सय किलो गाँजा पक्राउ

पर्सामा एक सय किलो गाँजा पक्राउ

काठमाडौैँ । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल...

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौँ । विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए...

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि...

बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै छ ?

बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै छ ?

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...