back
CTIZAN AD

यी हुन् मिस नेपाल नर्थ अमेरिका २०२१ का लागि छनौटमा परेका १९ प्रतियोगीहरु

वि.सं.२०७८ असार २३ बुधवार

813 

shares

विजय थापा ,डिसी । मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी) २०२१ को लागि छनौटमा परेका अन्तिम १९ जना प्रतियोगीहरुको नामावली सार्वजनिक भएको छ ।

उक्त प्रतियोगिताको लागि करीव ३० जना भन्दा बढीको निवेदन परेकोमा आगामी अगस्त ७ मा हुने अन्तिम प्रतियोगिताको लागि १९ जनालाई छनौट गरिएको आयोजकले जनाएका छन् ।

आयोजक तथा संस्थापक सैलेश श्रेष्ठका अनुसार यसपटक उक्त कार्यक्रम टिबेटन कम्युनिटी सेन्टर (तिब्बती सामुदायिक केन्द्र) न्यूयोर्कमा हुने बताइएको छ । अन्तिम छनौटमा पुगेका प्रतियोगीहरु अमेरिकाका विभिन्न राज्यहरुबाट प्रतिस्प्रर्धामा सहभागिता जनाएका छन् ।

अन्तिम छनौटमा पुग्ने प्रतियोगीहरुमा क्रमस जर्जियाबाट एलिना राई, न्यूयोर्कबाट एलिशा गुरुङ, नेभादाबाट चादनी राई, न्यूयोर्कबाट दिना केसी,फिओना शेर्पा, गरिमा ज्ञवाली, जेन्नी रावत, मुना नेपाली, निमिका थापा, पूजा खड्का, सिर्जना लामा, याङ्गछेन लामा, मेरिल्याण्डबाट नग्मा गुरुङ, पेन्सेलभेनियाबाट रोशिका गजमेर, कोलोराडोबाट सेलिषा नेपाल, टेक्सासबाट सोनी हुमागाई, उर्जा केसी र सुबेक्षा निरौला र क्यानडाबाट सुप्रिया फुयाल रहेका छन् ।

सो समारोहका लागि पूर्वनेपाल सुन्दरीहरु क्रमसः शृंखला खतिवडा, सदीक्षा श्रेष्ठ तथा मनिता देवकोटाले सहभागिता जनाउने छन् । १९ जनालाई छनौट गर्ने जिम्मेवारी र प्रतियोगीहरुको अडिसन (परीक्षण) सन् २०११ की पूर्व नेपाल सुन्दरी मलिना जोशी तथा सन् २०१० कि पूर्व नेपाल सुन्दरी सदीक्षा श्रेष्ठले गरेका हुन् ।

मिस नेपाल नर्थ अमेरिका २०२१ को लागि सन् २०१८ की मिस नेपाल वर्ल्ड शृंखला खतिवडालाई अफिसियल मेन्टोर अर्थात् आधिकारिक परामर्शदातामा सदीक्षा श्रेष्ठलाई अफिसियल कोरियोग्राफर (आधिकारिक सम्पूर्ण प्रशिक्षण) तथा सन् २०१८ कि नेपाल ब्रम्हाण्ड सुन्दरी मनिता देवकोटाले प्रशिक्षकको भूमिका निर्वाह गर्ने छिन् ।

उक्त प्रतियोगिताको नारा भावी पुस्तालाई सशक्त पार्न नेपाली महिलाहरूलाई सशक्तिकरण गरिदै भन्ने राखिएको छ । ग्रान्ड फिनाले अर्थात् समापन समारोह अगस्त ७ का दिन न्यूयोर्क शहरमा हुनेछ ।
सन् २०१९ मा सम्पन्न दोश्रो मिस नेपाल नर्थ अमेरिका–२०१९ (उत्तर अमेरिका नेपाल सुन्दरी –२०१९ ) मा न्यूयोर्क की श्रेया गजुरेल बिजयी घोषित भएकी थिइन् ।

११ बर्षसम्म रणनीति कार्यक्रम व्यवस्थापन, परियोजना व्यवस्थापन तथा नेतृत्व व्यवस्थापनमा गहिरो अनुभव बटुलेका व्यक्तिहरू मिस नेपाल नर्थ अमेरिकाको आयोजक समूहमा शैलेश श्रेष्ठ संस्थापक सभापति रहेका छन् ।

सन् २०१९ मा पूर्व नेपाल सुन्दरीद्वय शृंखला खतिवडा तथा सदीक्षा श्रेष्ठले सहभागिता जनाएका थिए । मनिता देवकोटाको यस बर्ष पहिलोपटक हुनेछ । मिस नेपाल नर्थ अमेरिकाको लागि चर्चित कार्यक्रम प्रस्तोता तथा २०१० की मिस नेपाल अर्थ (पृथ्वी) साहना बज्राचार्य कार्यक्रम प्रस्तोता हुने भएकी छिन् ।

साहना बज्राचार्य एक नेपाली मोडल (नमुना) संचार टिभी एङ्कर (दूरदर्शन प्रस्तोता ) अभिनेत्री र संचार माध्यमकी चिर परिचित व्यक्तित्व हुन् । उनले मिस नेपाल अर्थ २०१० को ताजमा पहिरिएकी थिइन् ।

No photo description available.

 

वि.सं.२०७८ असार २३ बुधवार १४:३९ मा प्रकाशित

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...