कदाचित शक्तिशाली क्रान्तिकारी कम्युनिस्ट पार्टी बन्नै सकेन भने पनि जनस्तरबाट बृहत संयुक्त मोर्चाको एउटा संयन्त्र बनाई सत्ता र पार्टीका खराव शक्ति, व्यक्ति र प्रवृत्तिविरुद्व खबरदारी, हस्तक्षेप र निषेधसम्म गर्ने खालको अभियान संचालनमा अहिलेको आवश्यकता हो । यस विषयमा मैले आजभन्दा दुई वर्ष अघि नै यो कुराको टड्कारो आवश्यकता महसुस गरेर नै प्रचण्डसँग सहमती मागेको थिएँ । तर, अर्का अध्यक्ष ओलीसँग सल्लाह गरेर मात्रै जवाफ दिन्छु भनेका प्रचण्डले सहमती दिने र पाउने कुरै भएन । सायद त्यसको पहिलो, प्रत्यक्ष र प्रमुख मार उनीहरुमाथि पर्ने खतरा प्रचण्ड र ओलीले देखे ।
तथापी राष्ट्रियता, जनतन्त्र र जनजीविका जस्ता अहम् र आधारभूत मुद्दाहरुलाई लिएर खबरदारी गर्नको लागि स्वनाम साथी, अमिक शेरचन जस्ता स्वच्छ र अनुभवी व्यक्तित्वहरुको नेतृत्वमा सच्चा देशभक्त, जनवादी र क्रान्तिकारीहरुको नागरिक/जनस्तरबाट समेत प्रतिनिधित्व गराई एउटा बृहत् संयुक्त मोर्चा बनाएर सत्ता, पार्टी र नेताहरुबाट हुने देशविरोधी, जनता र जनतन्त्रविरोधी एवं क्रान्तिविरोधी कृयाकलापहरुलाई ठोक्न र रोक्नको लागि सुझाब–दवाब, निगरानी–नियन्त्रण र हस्तक्षेप–निषेधसम्मको अभियान चलाउने प्रयास गरिएको हो ।
केही महिना अघि किरण, विप्लव, ऋषि र आहुतीहरुको चार दलीय मोर्चाको निर्माण र परिचालनका सन्दर्भमा आम जनता–कार्यकर्ताहरुमा देखिएको हौसला र आन्दोलनमा भएको सहभागिता नै त्यसको प्रत्यक्ष प्रमाण हो । तर, पार्टीका नेताहरुका व्यक्तिगत र गुटगत आदि संकीर्ण स्वार्थका कारण उक्त संयुक्त मोर्चा निस्कृय त भएकै छ र अब पुनः सक्रिय हुने सम्भावना कमै छ ।
यसै दौरानमा सीमा बचाऔं अभियान, एमसीसी खारेज अभियान, नागरिक आवाज जस्ता संस्थाहरु पनि बने र ती अझै थोरै–धेरै कृयाशील नै छन् । तर, बिडम्वना, हाम्रो एउटा खम्बा प्रचण्डको जालमा ¥याल काढेर गण्डकीतिर लाग्नु भो भने त्यसका अर्का धरोहर कालको चालमा पर्नु भो र यो अहिले स्थापित नेतृत्वको खोजीमा छ । यो खोजी गर्ने क्रममा लीलामणी पोख्रेल, लोककृष्ण भट्टराई, साध्यबहादुर भण्डारी, अच्युतराज ज्ञवाली, श्याम श्रेष्ठ, युवराज संग्रौला आदिसम्म पुगिएको वा पुगिंदै छ । हेरौं कोबाट कस्तो प्रतिक्रिया आउँछ ? त्यसैअनुसार अघि बढेर जनस्तरको खबर्दारीलाई संगठित र मुखरित गरी परिणाम निकाल्ने भन्ने सोंच र प्रयत्न जारी छ । आशा गरौं यसबारे इच्छित र सबन्धित स्वच्छ, स्वाभिमानी र सचेत सज्जनहरुबाट सक्दो सुझाब, साथ र सहयोग अवश्यै प्राप्त हुने छ, किनकि यस्तो प्रकारको निर्णायक प्रहार गर्न सक्ने शक्तिशाली संयन्त्र बिना जुनसुकै पार्टी, सरकार, व्यवस्था र अवस्थाबाट भएका र हुने भ्रष्टाचार, दुराचार, पापाचार लगायतका जनविरोधी, देशविरोधी क्रान्तिविरोधी गतिविधि र गद्दारीलाई नियन्त्रण र निषेध गर्न अहिलेलाई असम्भव नै देखिएको छ ।
अतः सच्चा क्रान्तिकारी कम्युनिस्टहरुको एकता भएको वा नभएको अवस्थामा अहिले नेपालमा कम्तिमा एउटा शक्तिशाली बृहत् संयुक्त मोर्चाको निर्माण त अनिवार्य आवश्यकता भएको छ । केही महिना अघि किरण, विप्लव, ऋषि र आहुतीहरुको चार दलीय मोर्चाको निर्माण र परिचालनका सन्दर्भमा आम जनता–कार्यकर्ताहरुमा देखिएको हौसला र आन्दोलनमा भएको सहभागिता नै त्यसको प्रत्यक्ष प्रमाण हो । तर, पार्टीका नेताहरुका व्यक्तिगत र गुटगत आदि संकीर्ण स्वार्थका कारण उक्त संयुक्त मोर्चा निस्कृय त भएकै छ र अब पुन सक्रिय हुने सम्भावना कमै छ । तसर्थ, यो अवस्थामा पार्टी र मुख्य नेताहरुको प्रत्यक्ष पहल, सहभागिता र नेतृत्वमाभन्दा पनि अलि स्वतन्त्र, स्वाभिमानी, स्वच्छ र साझा व्यक्तित्वको नेतृत्वमा विभिन्न देशभक्त र जनवादी पार्टीहरुका अतिरिक्त विभिन्न संघ, संस्था, संगठन, मंच, मोर्चा, अभियान, प्रतिष्ठान र नागरिक समाज आदिबाट संस्थागत रुपमा र नागरिक, सामाजिक र राष्ट्रिय जीवनका लब्धप्रतिष्ठित स्वतन्त्र व्यक्ति र व्यक्तिवहरुको समेत सहभागितामा एउटा बृहत संयुक्त मोर्चा बनाएर सशक्त र निर्णायक नागरिक खबर्दारी र हस्तक्षेप गर्नु आज अत्यन्त जरुरी छ ।
सबै माओवादी भनिनेहरु बिचको पार्टी एकता असम्भव प्रायः देखिएको र सम्पूर्ण क्रान्तिकारी कम्युनिस्ट शक्ति र व्यक्तिहरुको एकता वा संयुक्त मोर्चाले तत्काल मूर्त रुप लिने र कार्यान्वयनमा जाने सम्भावना पनि कमै रहेको आजको यो ठोस अवस्थामा तत्कालै यस्तो संयुक्त मोर्चा निर्माण गरी अघि बढ्न अपरिहार्य भएको छ ।
हेरौं देशका विभिन्न क्रान्तिकारी र वामपन्थी राजनीतिक शक्ति र व्यक्ती अनि नेतृत्व र व्यक्तित्वहरु आदिमध्ये को–कोबाट के–कस्तो रेस्पोन्स आउँछ ? त्यसैअनुसार अघि बढेर यो जनस्तरको खबर्दारीलाई संगठित र मुखरित गरी परिणाम निकाल्ने भन्ने सोंच र प्रयत्न जारी छ । आशा गरौं यसबारे इच्छित र सबन्धित स्वच्छ, स्वाभिमानी र सचेत सज्जनहरुबाट सक्दो सुझाव, साथ, सहयोग, सहभागिता र नेतृत्व अवश्यै प्राप्त हुने छ, किनकि यस्तो प्रकारको निर्णायक प्रहार गर्न सक्ने शक्तिशाली संयन्त्र बिना जुनसुकै पार्टी, सरकार, व्यवस्था र अवस्थाबाट भएका र हुने भ्रस्टाचार, दुराचार, पापाचारलगायतका जनविरोधी, देसविरोधी र क्रान्तिविरोधी गतिविधि र गद्दारीलाई नियन्त्रण र निषेध गर्न अहिलेलाई असम्भव नै देखिएको छ ।
त्यसैले सबै माओवादी भनिनेहरु बिचको पार्टी एकता असम्भव प्रायः देखिएको र सम्पूर्ण क्रान्तिकारी कम्युनिस्ट शक्ति र व्यक्तिहरुको एकता वा संयुक्त मोर्चाले तत्काल मूर्त रुप लिने र कार्यान्वयनमा जाने सम्भावना पनि कमै रहेको आजको यो ठोस अवस्थामा तत्कालै यस्तो संयुक्त मोर्चा निर्माण गरी अघि बढ्न अपरिहार्य भएको छ ।
वि.सं.२०७८ असार २३ बुधवार १४:३२ मा प्रकाशित






























