back
CTIZAN AD

यसकारण असम्भव छ माओवादीहरुबिच एकता !

वि.सं.२०७८ असार २३ बुधवार

567 

shares

कदाचित शक्तिशाली क्रान्तिकारी कम्युनिस्ट पार्टी बन्नै सकेन भने पनि जनस्तरबाट बृहत संयुक्त मोर्चाको एउटा संयन्त्र बनाई सत्ता र पार्टीका खराव शक्ति, व्यक्ति र प्रवृत्तिविरुद्व खबरदारी, हस्तक्षेप र निषेधसम्म गर्ने खालको अभियान संचालनमा अहिलेको आवश्यकता हो । यस विषयमा मैले आजभन्दा दुई वर्ष अघि नै यो कुराको टड्कारो आवश्यकता महसुस गरेर नै प्रचण्डसँग सहमती मागेको थिएँ । तर, अर्का अध्यक्ष ओलीसँग सल्लाह गरेर मात्रै जवाफ दिन्छु भनेका प्रचण्डले सहमती दिने र पाउने कुरै भएन । सायद त्यसको पहिलो, प्रत्यक्ष र प्रमुख मार उनीहरुमाथि पर्ने खतरा प्रचण्ड र ओलीले देखे ।

तथापी राष्ट्रियता, जनतन्त्र र जनजीविका जस्ता अहम् र आधारभूत मुद्दाहरुलाई लिएर खबरदारी गर्नको लागि स्वनाम साथी, अमिक शेरचन जस्ता स्वच्छ र अनुभवी व्यक्तित्वहरुको नेतृत्वमा सच्चा देशभक्त, जनवादी र क्रान्तिकारीहरुको नागरिक/जनस्तरबाट समेत प्रतिनिधित्व गराई एउटा बृहत् संयुक्त मोर्चा बनाएर सत्ता, पार्टी र नेताहरुबाट हुने देशविरोधी, जनता र जनतन्त्रविरोधी एवं क्रान्तिविरोधी कृयाकलापहरुलाई ठोक्न र रोक्नको लागि सुझाब–दवाब, निगरानी–नियन्त्रण र हस्तक्षेप–निषेधसम्मको अभियान चलाउने प्रयास गरिएको हो ।

केही महिना अघि किरण, विप्लव, ऋषि र आहुतीहरुको चार दलीय मोर्चाको निर्माण र परिचालनका सन्दर्भमा आम जनता–कार्यकर्ताहरुमा देखिएको हौसला र आन्दोलनमा भएको सहभागिता नै त्यसको प्रत्यक्ष प्रमाण हो । तर, पार्टीका नेताहरुका व्यक्तिगत र गुटगत आदि संकीर्ण स्वार्थका कारण उक्त संयुक्त मोर्चा निस्कृय त भएकै छ र अब पुनः सक्रिय हुने सम्भावना कमै छ ।

यसै दौरानमा सीमा बचाऔं अभियान, एमसीसी खारेज अभियान, नागरिक आवाज जस्ता संस्थाहरु पनि बने र ती अझै थोरै–धेरै कृयाशील नै छन् । तर, बिडम्वना, हाम्रो एउटा खम्बा प्रचण्डको जालमा ¥याल काढेर गण्डकीतिर लाग्नु भो भने त्यसका अर्का धरोहर कालको चालमा पर्नु भो र यो अहिले स्थापित नेतृत्वको खोजीमा छ । यो खोजी गर्ने क्रममा लीलामणी पोख्रेल, लोककृष्ण भट्टराई, साध्यबहादुर भण्डारी, अच्युतराज ज्ञवाली, श्याम श्रेष्ठ, युवराज संग्रौला आदिसम्म पुगिएको वा पुगिंदै छ । हेरौं कोबाट कस्तो प्रतिक्रिया आउँछ ? त्यसैअनुसार अघि बढेर जनस्तरको खबर्दारीलाई संगठित र मुखरित गरी परिणाम निकाल्ने भन्ने सोंच र प्रयत्न जारी छ । आशा गरौं यसबारे इच्छित र सबन्धित स्वच्छ, स्वाभिमानी र सचेत सज्जनहरुबाट सक्दो सुझाब, साथ र सहयोग अवश्यै प्राप्त हुने छ, किनकि यस्तो प्रकारको निर्णायक प्रहार गर्न सक्ने शक्तिशाली संयन्त्र बिना जुनसुकै पार्टी, सरकार, व्यवस्था र अवस्थाबाट भएका र हुने भ्रष्टाचार, दुराचार, पापाचार लगायतका जनविरोधी, देशविरोधी क्रान्तिविरोधी गतिविधि र गद्दारीलाई नियन्त्रण र निषेध गर्न अहिलेलाई असम्भव नै देखिएको छ ।

अतः सच्चा क्रान्तिकारी कम्युनिस्टहरुको एकता भएको वा नभएको अवस्थामा अहिले नेपालमा कम्तिमा एउटा शक्तिशाली बृहत् संयुक्त मोर्चाको निर्माण त अनिवार्य आवश्यकता भएको छ । केही महिना अघि किरण, विप्लव, ऋषि र आहुतीहरुको चार दलीय मोर्चाको निर्माण र परिचालनका सन्दर्भमा आम जनता–कार्यकर्ताहरुमा देखिएको हौसला र आन्दोलनमा भएको सहभागिता नै त्यसको प्रत्यक्ष प्रमाण हो । तर, पार्टीका नेताहरुका व्यक्तिगत र गुटगत आदि संकीर्ण स्वार्थका कारण उक्त संयुक्त मोर्चा निस्कृय त भएकै छ र अब पुन सक्रिय हुने सम्भावना कमै छ । तसर्थ, यो अवस्थामा पार्टी र मुख्य नेताहरुको प्रत्यक्ष पहल, सहभागिता र नेतृत्वमाभन्दा पनि अलि स्वतन्त्र, स्वाभिमानी, स्वच्छ र साझा व्यक्तित्वको नेतृत्वमा विभिन्न देशभक्त र जनवादी पार्टीहरुका अतिरिक्त विभिन्न संघ, संस्था, संगठन, मंच, मोर्चा, अभियान, प्रतिष्ठान र नागरिक समाज आदिबाट संस्थागत रुपमा र नागरिक, सामाजिक र राष्ट्रिय जीवनका लब्धप्रतिष्ठित स्वतन्त्र व्यक्ति र व्यक्तिवहरुको समेत सहभागितामा एउटा बृहत संयुक्त मोर्चा बनाएर सशक्त र निर्णायक नागरिक खबर्दारी र हस्तक्षेप गर्नु आज अत्यन्त जरुरी छ ।

सबै माओवादी भनिनेहरु बिचको पार्टी एकता असम्भव प्रायः देखिएको र सम्पूर्ण क्रान्तिकारी कम्युनिस्ट शक्ति र व्यक्तिहरुको एकता वा संयुक्त मोर्चाले तत्काल मूर्त रुप लिने र कार्यान्वयनमा जाने सम्भावना पनि कमै रहेको आजको यो ठोस अवस्थामा तत्कालै यस्तो संयुक्त मोर्चा निर्माण गरी अघि बढ्न अपरिहार्य भएको छ ।

हेरौं देशका विभिन्न क्रान्तिकारी र वामपन्थी राजनीतिक शक्ति र व्यक्ती अनि नेतृत्व र व्यक्तित्वहरु आदिमध्ये को–कोबाट के–कस्तो रेस्पोन्स आउँछ ? त्यसैअनुसार अघि बढेर यो जनस्तरको खबर्दारीलाई संगठित र मुखरित गरी परिणाम निकाल्ने भन्ने सोंच र प्रयत्न जारी छ । आशा गरौं यसबारे इच्छित र सबन्धित स्वच्छ, स्वाभिमानी र सचेत सज्जनहरुबाट सक्दो सुझाव, साथ, सहयोग, सहभागिता र नेतृत्व अवश्यै प्राप्त हुने छ, किनकि यस्तो प्रकारको निर्णायक प्रहार गर्न सक्ने शक्तिशाली संयन्त्र बिना जुनसुकै पार्टी, सरकार, व्यवस्था र अवस्थाबाट भएका र हुने भ्रस्टाचार, दुराचार, पापाचारलगायतका जनविरोधी, देसविरोधी र क्रान्तिविरोधी गतिविधि र गद्दारीलाई नियन्त्रण र निषेध गर्न अहिलेलाई असम्भव नै देखिएको छ ।

त्यसैले सबै माओवादी भनिनेहरु बिचको पार्टी एकता असम्भव प्रायः देखिएको र सम्पूर्ण क्रान्तिकारी कम्युनिस्ट शक्ति र व्यक्तिहरुको एकता वा संयुक्त मोर्चाले तत्काल मूर्त रुप लिने र कार्यान्वयनमा जाने सम्भावना पनि कमै रहेको आजको यो ठोस अवस्थामा तत्कालै यस्तो संयुक्त मोर्चा निर्माण गरी अघि बढ्न अपरिहार्य भएको छ ।

वि.सं.२०७८ असार २३ बुधवार १४:३२ मा प्रकाशित

परम्परा, राजनीति र अर्थतन्त्रको विडम्बनामा नेपाल

परम्परा, राजनीति र अर्थतन्त्रको विडम्बनामा नेपाल

१. पृष्ठभूमि नेपाली समाज र यसको अर्थतन्त्रमा देखिएको विडम्बना वा...

 सक्कली माननीय

 सक्कली माननीय

“माननीय” शब्द संस्कृत मूलबाट आएको हो। “मान” अर्थात् सम्मान, आदर,...

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...