२५ असार, काठमाडौँ । नेशनल माइक्रोफाइनान्स र महिला सहयात्रा लघुवित्त वित्तिय संस्था लिमिटेडले असार ३० गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएका छन ।
नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रा लघुवित्तलाई प्राप्ती गर्ने प्रस्ताव दुबै कम्पनीको जेठ २५ गते बसेको छुट्टाछुट्टै साधारण सभाले पारित गरेसँगै एकीकृत कारोबार थाल्ने भएका हुन् ।
नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार २४ गते प्राप्तिका लागि अन्तिम स्वीकृति पश्चात दुवै कम्पनीले एकीकृत कारोबार गर्न लागेका हुन् ।
दुवै कम्पनी एक भई नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार गर्नेछन ।
वि.सं.२०७८ असार २५ शुक्रवार १४:०० मा प्रकाशित




























