back
CTIZAN AD

व्यासमा खाद्यान्न ढुवानी गर्न सशस्त्र प्रहरीलाई सास्ती

वि.सं.२०७८ असार २५ शुक्रवार

531 

shares

२५ असार, दार्चुला । गत कात्तिक अन्तिम साता व्यास गाउँपालिका– १ छांगरु तथा तिंकरका बासिन्दा र सशस्त्र प्रहरीका लागि नेपाल सरकारले हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी गर्यो।

सुदूरपश्चिम प्रदेश सरकारको बजेटमार्फत खाद्यान्न ढुवानी गरियो । व्यासमा बस्ने नागरिक र सुरक्षाकर्मी पनि खुशी भए । छ महीना पुग्ने खाद्यान्न ढुवानी गरिएपछि खुशी नहुने कुरो पनि भएन ।

हाल आएर अहिलेसम्म सरकारले दोस्रोपटक यहाँका नागरिक र सुरक्षाकर्मीका लागि खाद्यान्न ढुवानी गरेको छैन । सर्वसाधारणले गत वैशाखमा बसाइँसराइ (स्थानीय सौका समुदायको भाषामा कुञ्चा) सर्ने बेला थोरैथोरै खाद्यान्न घोडा र खच्चरमा लगेर जीविका चलाउँदैछन् ।

सौका समुदायले भारतीय बाटो हुँदै खाद्यान्न ढुवानी गरेका थिए । भारतीय एसएसबीसँग हारगुहार गरेर खाद्यान्न गाउँ पुर्याइएको थियो । अहिले पछिल्लो समय व्यास– १ छांगरुको गागास्थित सशस्त्र प्रहरीले भारतीय समकक्षीसँग अनुरोध गरेर खाद्यान्न ढुवानी गर्नु परेको छ ।

मित्रवत् व्यवहार भएका कारण खाद्यान्न, तरकारीलगायत सामग्री ढुवानी गरेर जोहो चलेको बताइएको छ । समकक्षीसँग सम्बन्धका कारण छांगरुमा रहेका सशस्त्र प्रहरीले आवश्यक सामग्री ढुवानी गर्ने गरेका छन् । नेपालको बजारबाट खाद्यान्न ढुवानी गर्न सकिने अवस्था छैन । बाटोघाटो छैन । गाडी त परै जाओस्, मान्छे हिँड्नसमेत बाटो छैन ।

सशस्त्र प्रहरीलाई खाद्यान्न किन्न पूरै भारतीय बजारमै निर्भर हुनु परेको छ । धारचुला बजारबाट गाडीमा सीतापुलसम्म खाद्यान्न ढुवानी गरेर छांगरु पुर्याउनुपर्ने बाध्यता सशस्त्र प्रहरीलाई छ ।

अहिले पनि दार्चुलाबाट खाद्यान्न ढुवानीको तयारी थालिएको छ । गत मङ्गलबार भारतको गर्वाधार क्षेत्रमा पहिराले सडक अवरुद्ध भएपछि खाद्यान्न ढुवानी गर्न सकेको छैन । भारतयतर्फको पहिराले नेपालतिरको कल्जु क्षेत्रमा बाटो भत्काएको छ ।

सशस्त्र प्रहरीको क्वाटर मास्टर (खाद्यान्न व्यवस्थापन गर्ने व्यक्ति) ले नै दार्चुला बजारमा खरीद गरेर पठाउनुपर्ने बाध्यता छ । सबैभन्दा सजिलो उपाय भनेको हेलिकप्टर नै हो । सरकारले हेलिकप्टरमार्फत ढुवानी गर्नमा चासो नदेखाएपछि सीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीले भारतीय सडक र भारतीय बजारबाटै खाद्यान्नको जोहो गर्नुपरेको छ ।

बिओपी स्थापना गर्दा २०७७ वैशाखमा छ महीनाका लागि सैनिक हेलिकप्टरबाट खाद्यान्न व्यवस्थापन गरियो । त्यसपछि भने खाद्यान्न व्यवस्थापनलगायत न सेनाको हेलिकप्टर प्रयोग भयो, न वैकल्पिक व्यवस्थापनको पहल भयो ।

शुरुमा खाद्यान्नलगायतका सामग्री सबै हेलिकप्टरमार्फत ढुवानी गरियो । कात्तिकपछि हेलिकप्टर आउनै छाडेको छ । “गत जेठमा नेपाल प्रहरीको खाद्यान्न र बन्दोबस्ती हेलिकप्टरमार्फत ढुवानी भयो, हाम्रा लागि अझै सरकारले हेरेको छैन”, सशस्त्र प्रहरीको गुनासो छ ।

सीमावर्ती बजारमा राशनकार्डवाहक भारतीयले चामल प्रतिकिलो भारु तीनदेखि पाँचमा पाउँछन् । भारतीय सुरक्षाकर्मीका लागि नियमित हेलिकप्टरमार्फत राशन, पोषणयुक्त सामग्री सबै ढुवानी हुन्छ । उनीहरुले खानुपर्ने सबै प्रकारका राशन सहजरुपमा पाइरहेका छन् । अण्डा र मासु पनि नियमित उनीहरुले पाइरहेका छन् । नेपालतिरका सुरक्षाकर्मीले पाउनुपर्ने राशन सुविधासमेत पाउन सकेका छैनन् ।

सदरमुकाम खलङ्गाबाट व्यासको छांगरु तिङ्कर पुग्न चारदेखि पाँच दिन समय लाग्छ । सडक पुगेको छैन । बाटो घाटो राम्रो छैन । सबै ठाउँमा जोखिम मोलेरै आवतजावत गर्नुपर्ने यहाँको बाध्यता छ । त्रिदेशीय सीमा जोड्ने गरी निर्माण भइरहेको खलंगा–तिकर सडक खण्डको १२ वर्षमा ४३ किलोमिटर मात्रै ट्र्याक खुलेको छ । गाडी ४० किलोमिटरसम्म मुस्किलले मात्रै सञ्चालन छ । त्यो पनि हिउँदयाममा मात्रै । बर्खामा यो सडक पनि बन्द रहन्छ ।

वि.सं.२०७८ असार २५ शुक्रवार १३:५७ मा प्रकाशित

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...