back
CTIZAN AD

‘माधव नेपाल एकताको छलफलमा होइन् पदको बारगेनिङ्गमा छन्’

वि.सं.२०७८ असार २५ शुक्रवार

693 

shares

असार २५, काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी एकताको छलफलमा नभई पदको बारगेनिङ्गमा रहेको आरोप लगाएका छन् । शुक्रबार एक सञ्चार माध्यमसँग कुराकानी गर्दै उनले नेता नेपालले हैसियतभन्दा माथिको पद खोजेको बताए ।

उनका अनुसार माधव नेपालको एकल ढिपीकै कारण पनि पार्टी एकता सफल हुन सकेको छैन् । माधव नेपालले आफुँलाई नसच्याई नहुने भट्टराईको भनाई छ ।

‘माधव नेपालले अहिलेपनि आफूलाई करेक्सन गर्न खोज्नुभएको छैन्, महाधिवेशनमा पराजित हुनुभएका उहाँ दशौं महाधिवेशन म कुर्छु, कार्यकर्ताको विश्वास जित्छु भनेर बस्नुपर्नेमा, जसरी पनि कुर्सी र पद चाहियो भन्दै हुनुहुन्छ’, भट्टराईले भनेका छन्, ‘ जसरी कुर्सीको, पदको बार्गेनिङ गर्दै हुनुहुन्छ, आफ्नो पावरको बार्गेनिङ गर्दै हुनुहुन्छ, कालान्तरमा यसले उहाँलाई ठूलो घाटा हुन्छ ।’

उनका अनुसार विवाद समाधान कार्यदलमा सहभागी माधव पक्षीय नेताहरु नै उनको अडानको विरुद्वमा छन् । उनीहरु पार्टीलाई एकताबद्ध गराउनु पर्ने लाईनमा रहेको उनको भनाई छ ।

वि.सं.२०७८ असार २५ शुक्रवार १४:४४ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा...

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६...