back
CTIZAN AD

मध्यविन्दुको नगरसभाद्वारा रु एक अर्ब बजेट पारित

वि.सं.२०७८ असार २६ शनिवार

720 

shares

२६ असार, नवलपुर । मध्यविन्दु नगरपालिकाको नवौँ नगरसभाले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि रु एक अर्बभन्दा बढीको बजेट पारित गरेको छ ।

नवौँ नगरसभामा नगरप्रमुख चन्द्रबहादुर रानाले प्रस्तुत गरेका रु एक अर्ब दुई करोड ३५ लाख चार हजार ९६५ बराबरको बजेट सर्वसम्मत रुपमा पारित भएको हो ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकाको नवौँ नगरसभाले चालु खर्चतर्फ रु ५९ करोड ३७ लाख २१ हजार तथा पुँजीगततर्फ रु ४२ करोड ९७ लाख ८३ हजार ९६५ बराबरको अनुमानित बजेट पारित गरेको हो ।

नगरसभाबाट पारित गरिएको बजेटमा आन्तरिक राजश्व सङ्कलन रु १८ करोड ४५ लाख, राजश्व बाँडफाँटतर्फ सङ्घबाट रु ११ करोड ४४ लाख ४५ हजार तथा प्रदेशबाट रु एक करोड ६ लाख ७८ हजार गरी जम्मा रु ३० करोड ९६ लाख २८ हजार बराबरको लक्ष्य राखिएको छ । नगरपालिकाले शिक्षा, स्वास्थ्य र रोजगारलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरेको रानाले बताए ।

वि.सं.२०७८ असार २६ शनिवार १४:४९ मा प्रकाशित

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी । एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा...

म्याग्दीका किसानलाई  अनुदान बितरण गर्न तीन करोड बिनियोजन 

म्याग्दीका किसानलाई  अनुदान बितरण गर्न तीन करोड बिनियोजन 

म्याग्दी । गण्डकी प्रदेश सरकारले म्याग्दीमा फलफूल, तरकारी, आलु र...

‘आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’

‘आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’

दाङ । दाङ प्रहरीले जिल्लाका विभिन्न स्थानमा गत साउन १६...

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

दमौली (तनहुँ) । जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको...

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक...

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी ।  विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या...